१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

उपमेयर सिटौलासहित अमेरिकी टोली निर्वाचन अनुमगन गर्न नेपाल जाँदै

चार्ल्स काउन्टी अन्तर्गतको इन्डियन हेड नगरका नगरप्रमुख, उपप्रमुख र काउन्सिल म्यान (बायाँबाट क्रमशः)

न्यूयोर्क— स्थानीय निर्वाचन अवलोकन अनुगमनका लागि अमेरिकाको म्यारिल्याण्ड राज्यको चार्ल्स काउन्टी अन्तर्गतको इन्डियन हेड नगरका नगरप्रमुख, उपप्रमुख र काउन्सिल म्यान नेपाल जाने तयारीमा छन्।

सो नगरको उप्रमुखमा नेपाली मूलका किरण रोन सिटौला हुन्।

यसअघि अमेरिकी राजनीतिमा सञ्चिाता प्रधानले उच्च पद पाएकी थिइन्। ओबामा प्रशासनले सन् २०१५ मा एसियन अमेरिकन र प्यासिफिक आइल्याण्डरको प्रेसिडेन्सियल एड्भाइजरी कमिसनमा उनलाई मनोनित गरेको थियो। सिटौला भने निर्वाचित पोर्टफोलियोमा छन्।

उपप्रमुख सिटौलाले निर्वाचन अनुगमनका लागि नेपाल सरकारसँग अनुमति माग्ने काम भैरहेको जानकारी दिए। ‘अमेरिकाको स्थानीय निकाय कसरी सञ्चालन हुन्छ भन्ने विषयमा नेपालको स्थानीय निकायको निर्वाचनपछि पनि तालिम र अनुभव आदनप्रदान गर्न पनि सकिन्छ’, उनले भने, ‘स्थानीय निर्वाचनको अनुगमनका लागि नेपाल जाने विषयमा पनि तयारी भइरहेको छ।’

नेपाली मुलका अमेरिकी उपमेयर किरण रोन सिटौलाका पितापुर्खाको नेपाल मूलथले तेह्रथुम हो। काठमाडौंको नक्सालस्थित चारढुंगेमा जन्मिएका उनी २३ वर्ष अघि विद्यार्थीका रुपमा अमेरिका आएका थिए। सन् २०१५ मा नगर उपप्रमुख निर्वाचित सिटौला अमेरिकी राजनीतिमा उदाउँदा नेपाली हुन्।

यसअघि अमेरिकी राजनीतिमा सञ्चिाता प्रधानले उच्च पद पाएकी थिइन्। ओबामा प्रशासनले सन् २०१५ मा एसियन अमेरिकन र प्यासिफिक आइल्याण्डरको प्रेसिडेन्सियल एड्भाइजरी कमिसनमा उनलाई मनोनित गरेको थियो। सिटौला भने निर्वाचित पोर्टफोलियोमा छन्।
 
उपमेयर सिटौलाकै आग्रहमा मेयरसहितको टोली नेपाल भ्रमणका साथै निर्वाचन अनुगमनका लागि राजी भएको हो। उनीसँगै निर्वाचित भएका ब्राण्डन पौलिन १९ वर्षको उमेरमा मेयर हुन सफल व्यक्ति हुन्। नागरिकन्युजसँग कुरा गर्दै उनले भने, ‘अमेरिकामा १९ वर्षका युवा मेयर जित्छन्। नेपालको राजनीतिमा युवाले किन स्थान पाउन नसकेका हुन्। हामीले नेतृत्वसँग बहस गर्नुपर्छ।’

इन्डियन हेड नगरमा गोरा, एशियाली र काला तीन थरिका व्यक्तिहरु मुख्य पदमा छन्। ‘मेरो मेयर गोरा जाति, म एसियन अनि काउन्सिल म्यान कालो वर्णका तीन थरीका मिलेर नगरपालिकामा काम गरिरहेका छौं। मेरो नगरको मेयर ब्राण्डनले आजसम्म अमेरिकाभन्दा अर्को देश भ्रमण गरेको छैन म उसलाई पहिलो विदेश भ्रमणका रुपमा नेपाल लिएर जाने प्रयासमा छु’, सिटौला भन्छन्।

नगर निर्वाचनका उम्मेदवारमध्ये सबैभन्दा धेरै मत ल्याउने ब्राण्डन पौलिन मेयर निर्वाचित भएका थिए। ब्राण्डनभन्दा थोरै कम मत ल्याएका कारण सिटौला चार वर्षका लागि उपमेयर भए। उनीभन्दा कम मत ल्याउने काउन्सिल म्यानमा स्मिथ निर्वाचित भएका थिए।

आफ्नो नेपाल भ्रमणको अर्को मुख्य योजना युवालाई राजनीतिमा अभिप्रेरित गर्ने पनि रहेको उनको भनाइ छ। नेपालको राष्ट्रिय योजना आयोगका सदस्य डा.स्वर्णिम वाग्ले उनका समकक्षी हुन्। सिटौला बुढानिलकण्ठ स्कुलबाट विद्यालयस्तरको शिक्षा पूरा गरी २३ वर्षअगाडि विद्यार्थीको हैसियतमा अमेरिका आएका थिए। उनी आफ्नो अहिलेको सफलतालाई डेढ दशकको मिहिनेतको फल भन्न रुचाउँछन्।

प्रकाशित: १९ फाल्गुन २०७३ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App