१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरान गइरहेको बसको ठक्करबाट युवाको मृत्यु

विराटनगर—यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको बुधबार मृत्यु भएको छ।

को ४ प २४९८ नं.को मोटरसाइकलबाट गइरहेका समयमा टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०.३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख४९०९ नंको यात्रुवाहक बसले ठक्कर दिएको थियो।

घाइते उनलाई उपचारका लागि न्युरो अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बससहित चालक प्रहरीको नियन्त्रणमा छन् । रासस

प्रकाशित: १८ फाल्गुन २०७३ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App