१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लेस्टरको आशा जीवित

लेस्टर(एएफपी)– जेमी भार्डेले गरेको दुई गोल मद्दतमा साबिक विजेता लेस्टर सिटीले सोमबार लिभरपुललाई ३–१ ले पराजित गर्दै प्रिमियर लिगमा रहिरहने आशा जीवित राखेको छ ।

मुख्य प्रशिक्षक क्लाउडियो रिनेरी गत बिहीबार बर्खास्तगीमा परेपछि लेस्टर घरेलु मैदान किंग्स पावर रंगशालामा अन्तरिम प्रशिक्षक चिराग सेक्सपियरको नेतृत्वमा मैदानमा उत्रिएको थियो ।

नौ महिनाअघि क्लबलाई अप्रत्याशित प्रिमियर लिगको उपाधि दिलाएका रिनेरी टोलीले लगातार खराब प्रदर्शन गर्दै रेलिगेसनमा पर्ने खतरा बढेको भन्दै बर्खास्तगीमा परेका हुन् ।

२८औं मिनेटमा भार्डेले विपक्षी गोलकिपरसँगको वान भर्सेस वानमा गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो । २०१७ सुरु भएपछि पछिल्लो सात खेलमा गोल गर्न नसकेको लेस्टरले गरेको यो नै पहिलो गोल हो ।

३९औं मिनेटमा जेम्स मिल्नरको पासमा ड्यानी ड्रिकवाटरकोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

६०औं मिनेटमा त्रिस्टियन फुज्सको पासमा गोल गर्दै भार्डेले लेस्टरको अग्रता बढाएका थिए ।  त्यसको ८ मिनेटपछि लिभरपुलका फिलिपे कोटिन्होले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।

अन्तिम मिनेटमा डिभोक ओरिगी र काटिन्होको प्रहार लेस्टरका गोलकिपरले विफल पार्दा पाहुना टोली निराश बनेको थियो ।

यस जितपछि २४ अंक जोडेको लेस्टर १५औं स्थानमा उक्लिएको छ भने हारपछि ४९ अंक जोडेको लिभरपुल पाँचौं स्थानमा यथावत् छ ।

‘मैले टोलीलाई आफ्नो पहिचान प्रमाणित गर्न भनेको थिएँ, टोलीले त्यही ग¥यो,’ सेक्सपियरले भने, ‘मेरो जिम्मेवारी भनेको टोलीलाई लिभरपुलविरुद्ध तयार पार्ने थियो र मैले त्यो पूरा गरँे । हेरांै अब के हुन्छ ?’

‘हामीले उनीहरूलाई गत वर्षको जस्तै लेस्टर बन्ने मौका दियौं, त्यो नै हाम्रो गल्ती भयो,’ लिभरपुलका प्रशिक्षक यार्गोन क्लोपले भने, ‘हामी आलोचित हुनुपर्छ । हामीले एकरूपको प्रदर्शनलाई निरन्तरता दिन सकेनौं र यसको कुनै अर्थ छैन ।’

प्रकाशित: १८ फाल्गुन २०७३ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App