१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्धारा विमानस्थलको अनुगमन

बारा- जिल्लाको टांगिया बस्तीमा निर्माण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थललाई मंगलबार ससंदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले स्थलगत निरीक्षण गरेको छ।

समितिका सभापति प्रभु साहको नेतृत्वमा रहेका ९ जना सासंदहरुको टोलीले  विमानस्थल भित्र पर्ने भूभागहरुको स्थलगत निरीक्षण गरेको हो।

टोलीमा सभापति साह सहित पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतको टोलीले विमानस्थलले ओगटने टांगियाबस्तीको ब्यवस्थापनको विषयमा चासो ब्यक्त गरेको थियो।

टोलीलाई दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजना निर्देशक हरि अधिकारीले आयोजनाको प्रगति र समस्याको बारेमा जानकारी गराएका थिए।

अनुगमनको क्रममा टोलीका सदस्यहरुले स्थानीयहरुलाई विमानस्थल निर्माण कार्यमा देखा पर्ने समस्यालाई समाधान गरेर अगाडी बढने कार्यमा सरकार लागि परेको भन्दै आश्वासन समेत दिएका छन्।

फास्ट ट्रयाक र दोश्रो अन्तराष्ट्रिय विमान स्थल निर्माण गराउनको लागि यस क्षेत्रमा विभिन्न चरणमा स्थानीयहरुले आन्दोलन गरिदै आएका छन्। स्थानीयहरुले आन्दोनलनको कारणले केही दिन पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल फास्ट ट्रयाकको अनुगमन गर्न आएका थिए ।

प्रकाशित: १७ फाल्गुन २०७३ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App