१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डी प्लसलाई प्राविधिक शिक्षामा भर्ना

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले एसएलसी उत्तीर्ण धेरै विद्यार्थीले प्राविधिक शिक्षा पढ्न पाउने गरी तीन वर्षे डिप्लोमा कोर्समा भर्नाको न्यूनतम आधार परिमार्जन गरेको छ।

पाठ्यक्रम विकास महाशाखाको बैठकले शुक्रबार प्राविधिक धारका इन्जिनियरिङ, कृषि, फुड डेरी, टेक्नोलोजी र फरेस्ट्री, होटेल म्यानेजमेन्ट र उद्यमशीलता विकासका तीन वर्षे डिप्लोमा कोर्षमा भर्नाको आधार परिमार्जन गरेको हो। अब धेरै विद्यार्थीले प्राविधिक शिक्षातर्फ रुचिको विषय अध्ययन गर्नसक्ने परिषद्का सदस्य सचिव रामहरि लामिछानेले जनाए।

सिटिइभिटीको तीन वर्षे डिप्लोमा इन इन्जिनियरिङतर्फका सबै कार्यक्रममा भर्ना हुन विद्यार्थीले एसएलसीमा जिपिए २ ल्याउनुपर्नेछ। जसमा विज्ञान र गणितमा न्यूनतम सी ग्रेड र अंग्रेजीमा डी प्लस ग्रेड ल्याउनुपर्ने आधार तोकिएको छ। यसअघि तीनै विषयमा अनिवार्य सी ग्रेड हुनुपर्ने प्रावधान थियो।

यसैगरी कृषि, फुड, डेरी, टेक्नोलोजी र फरेस्ट्री कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै दुई विषयमा न्यूनतम सी र कुनै एक विषयमा न्यूनतम डी प्लस ग्रेड ल्याउनुपर्ने छ। यसअघि तीनै विषयमा सी ग्रेड अनिवार्य थियो। डिप्लोमा इन होटेल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्क अध्ययनका लागि अंग्रेजी, विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आधार तोकिएको छ।

एसएलसी कार्यक्रमा कुनै पनि ग्रेडले अध्ययनका लागि बाटो सहज रहेको सदस्य सचिव लामिछानेले जनाए। 'प्रवीणता प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कार्यक्रममा अध्ययनका लागि भने कुनै हेरफेर भएको छैन। स्वास्थ्यतर्फ अध्ययन गर्न विद्यार्थीले एसएलसीमा विज्ञान, अंग्रेजी र गणितमा सी ग्रेड र जिपिए २ अनिवार्य नै छ,' सदस्य सचिव लामिछानेले नागरिकसँग भने, 'अन्य कार्यक्रममा अध्ययनका लागि सहज बाटो गरेको छौं। धेरे विद्यार्थीले अंग्रेजीमा डी प्लस ल्याएकालेे व्यवस्था परिमार्जन गर्नुपरेको हो उनले बताए। स्वास्थ्य शिक्षामा भने गुणस्तर कायम गर्नका कुनै परिमार्जन नगरिएको उनले जानकारी दिए।

प्राविधिक शिक्षातर्फ अंग्रेजी विषयमा सी (४०–५० प्रतिशत) ल्याएको हुनुपर्ने अड्कोले डी प्लस ल्याएका १ लाख ४२ हजार ७ सय ५ विद्यार्थी यस वर्ष डिप्लोमा कोर्ष अध्ययन गर्नबाट वञ्चित थिए।

दुई विषयमा बढीमा डी र ई वा ई ई वा डी डी ल्याउनेको हकमा ग्रेड वृद्धि गर्न मौका परीक्षा दिने व्यवस्था गरिएको छ। तर, एउटा विषयमा डी प्लस ल्याउने विद्यार्थीका लागि ग्रेड वृद्धिको अवसर पनि दिइँदैन।

प्रकाशित: २५ असार २०७३ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App