१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पत्रकारद्वारा आयोजित रात्रिभोज ट्रम्पद्वारा बहिष्कार

वासिङ्गटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन्।  

केही समययता ह्वाइट हाइस र पत्रकार अर्थात सञ्चार माध्यमबीच राष्ट्रपतिको सम्बन्ध बिग्रिएको यस अवस्थामा उक्त भनाइ आएको हो।

ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले बार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनीतिका विभिन्न चर्चित व्यक्तित्व र पत्रकारहरुको उपस्थिति रहने गर्छ।

ह्वाइट हाउसमा पत्रकारहरुद्वारा आयोजना हुने यस रात्रिभोजमा खासगरी राष्ट्रपति र पत्रकारबीच भएका मतभेदलाई पनि पञ्छाउने एक अवसरका रुपमा रहँदै आएको पाइन्छ।

करिब १०० वर्षयता हुँदै आएको यस कार्यक्रममा अहिलेसम्म १५ जना राष्ट्रपतिले उपस्थिति जनाएको बताइएको छ। तर हालका दिनमा राष्ट्रपति ट्रम्प र पत्रकारकबीच सम्बन्ध बिग्रँदै आएको छ।

ट्रम्पले केही सञ्चारगृहले गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरु अमेरिकी जनताको दुश्मन भएको बताएका थिए। रासस/एएफपी

 

प्रकाशित: १५ फाल्गुन २०७३ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App