१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीकै चिकित्सकको प्रमाणपत्र नक्कली

काठमाडौं—नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा. महेशमान प्रधानले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रधानले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको आइएस्सी र बिएस्सीको प्रमाणपत्रमा जन्ममिति सच्याई झुटो विवरण दिई भ्रष्टाचार गरेको पाइएको हो। आयोगले प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ।

प्रकाशित: २४ असार २०७३ १४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App