१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचन कुनै कारण रोकिन्न: सभापति देउवा

भैरहवा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख ३१ का लागि तोकीएको स्थानीय निकायको निर्वाचन सम्पन्न गराएरै छाडने बताएका छन्। कुनै पनि कारणले चुनाव नरोकिने भन्दै देउवाले डर त्रास र भय रहित वातावरणमा चुनाव सम्पन्न हुनु पर्ने बताए।

संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि स्थानीय निकायको निर्वाचन अनिबार्य रहेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले निर्वाचनमा होमिन कार्यकर्तालाइ निर्देशन दिए। नेपाली कांग्रेस देशको एकमात्र लोकतान्त्रिक पार्टी भएकाले जित्ने तयारीका साथ चुनावमा लाग्न देउवाले कार्यकर्तालाइ निर्देशन दिए। संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाकालागि नेपाली कांग्रेसले जित्नु पर्ने भन्दै देउवाले बुटवलबाटै कांग्रेसले जीतको झण्डा फहराउन सकोस भन्ने कामना समेत गरे।

विपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको नवनिर्मित भवनको उद्घाटन तथा वीपी स्मृति स्मारीका बिमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले पहाड र मधेसका नाममा बिखण्डनबादीहरुले राष्ट्रियता कमजोर पार्ने षडयन्त्र गरीरहेकाले हिमाल पहाड र तराइका हरेक नेपाली एक भएर चुनावमा होमीनु पर्ने बेला आएको बताए।

 सबैलाइ मिलाएर लैजाने दायित्व नेपाली कांग्रेसको काँधमा रहेकाले पार्टीले कुनै हालतमा आफनो जिम्मेबारी पुरा गर्ने बताए । सीमाको रक्षा गरेर बसेका मधेसबासीका भावना समेटदै सबैलाई समान रुपले सम्बोधन गर्न संसोधन प्रस्ताव अगाडी बढाइएको पनि उनले उल्लेख गरे।

सभापति देउवाले संविधानले स्थानीय निकायलाइ आर्थिक र राजनीतिक रुपमा प्रसस्त अधिकार दिएकाले जनता मालिक हुने अवसरको रुपमा स्थानीय निर्वाचनलाइ लिन सकिने बताए। ‘स्थानीय निकायको चुनावले स्थानीय जनतालाइ नै मालिक बनाउँछ आफनो गाँउठाँउको विकास गर्ने अधिकार दिएको छ। यसबाट विकासले गती लिन्छ त्यसैले तपाइहरु जित्नेगरी चुनावमा लाग्नुस’ काँग्रेस सभापति  देउवाले भने। संविधानको सफल कार्यान्वयनका लागि मंसिर सम्म तीनै तहको निर्वाचन सम्पन्न गर्नु पर्ने भएकाले पहिलो चरणको निर्वाचनलाइ सफल बनाउन सभापती देउवाले सबैलाइ आग्रह समेत गरे।

कार्यक्रममा बोल्दै रक्षामन्त्री बालकृष्ण खाँणले वैशाख ३१ को निर्वाचन कुनै पनि कारणले नरोकिने भन्दै चुनाव हुदैनकी भन्ने दुविधामा नबस्न आग्रह गरे । साना ठूला सबै दलहरुसंग छलफल र बार्ता भइरहेकाले सहमतीमै निर्वाचन हुने उनको भनाइ थियो। मधेसको भूमीमा बसेर पहाडबासीलाई र पहाडको भूमीमा बसेर मधेसबासीलाइ गाली गर्नु राष्टबाद बिरुद्ध हुने र त्यसले राष्टियतालाइ कमजोर पार्ने रक्षामन्त्री खाँणले बताए ।

कार्यक्रममा भौतीक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बिभिन्न नाममा मौलाउदै गएको अतिबादलाइ परास्त गर्न निर्वाचन अनिर्बाय रहेको बताए।

 

प्रकाशित: १४ फाल्गुन २०७३ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App