१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन गराउन सरकार प्रतिवद्धः मन्त्री गुरुङ

फाइल तस्बिरः श्रममन्त्री सुर्यमान गुरूङ

पथरी (मोरङ), १४ फागुन । श्रममन्त्री सूर्यमान गुरुङले संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेकाले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने बताए।  

विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्थानीय निकायको निर्वाचनमा सहभागी हुुने विषयमा मधेसीवादी दलसँग भइरहेको वार्ता सकारात्मक रहेको बताए।  

“निर्वाचनमा सबैको उत्साहजनक सहभागिता हुन्छ, मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्धारित मितिमा स्थानीय निर्वाचन गराउन सरकार प्रतिबद्ध छ ।” 

लामो समायदेखि स्थानीय निकायका निर्वाचन नहुँदा जनतामा नैरश्यता छाएकाले अब कुुनै पनि हालतमा निर्वाचन नरोकिने र तोकिएकै मितिमा निर्वाचन हुनेमा उनले जोड दिए। रासस 

प्रकाशित: १४ फाल्गुन २०७३ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App