१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राँगाको आक्रमणबाट महिलाको मृत्यु

लहान- राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ। छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा राँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी सिरहाकै लहान नगरपालिका–१५ स्थित ढोढना खोलामा राँगाले आक्रमण गर्दा स्थानीय ४० वर्षीया अनिता चौधरी घाइते भएकी छन्। बजारबाट घर फर्कने क्रममा राँगोको आक्रमणबाट घाइते भएकी चौधरीको लहानस्थित फ्रेन्स मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: १४ फाल्गुन २०७३ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App