१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कोशी 'हाइड्याम' बनेपछि कोलकाता–नेपाल पानी जहाज चल्छ: राजदूत राय

काठमाडौं- नेपालका लागि भारतीय राजदूत रणजित रायले कोशी 'हाइड्याम' बने पछि कोलकत्ता–नेपाल पानीजहाज चल्ने बताएका छन्। 

रिपोटर्स क्लबमा बोल्दै राजदूत रायले कोशी 'हाइड्याम' र कमला डाईभर्सन प्रोजेक्टसमेत बन्ने विश्वास व्यक्त गरे। उनले भने,‘यो भयो भने नेपालमा सिँचाई हुन्छ भने भारतमा बाढी नियन्त्रण हुन्छ।’ त्यस्तै कोशी 'हाइड्याम' निर्माण भएपछि कोलकाता–नेपाल पानीजहाज चल्नेछ।'

कोशी 'हाइड्याम' बने नेपाली भूभाग डुबानमा पर्ने नेपाली विज्ञहरुले बताइरहेका बेला भारतीय राजदूतको यस्तो धारणा सार्वजनिक गरेका हुन्।

 

तीन बर्षे कार्यकाल पुरा गरेर भारत फर्कन लागेका रायले पञ्चेश्वर परियोजनाले पूर्वाधार विकासमा ठूलो तरंग पैदा गर्ने समेत विश्वास व्यक्त गरे। त्यस्तै उनले रेल कनेक्टिभीटीलाई समेत बढावा दिने बताए। उनले भने,‘हालै हाम्रा रेल मन्त्री सुरेश प्रभु नेपाल आउनुभएको थियो, उहाँले कलकत्तादेखि काठमार्डौं, दिल्लीदेखि काठमाडौंसम्म रेल सञ्चालन गर्न भारत तयार रहेको बताउनुभएको छ, यो निकै खुशीको कुरा हो।’

त्यस्तै रेलवे कनेक्टिभिटीमार्फत नेपाल–भारत जोड्नको लागि जोगबनी टु विराटनगर, जयनगर–जनकपुर–बर्दिवासको परियोजनापनि चाँडै सम्पन्न गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँफै पहलकदमी लिएको जनाए। उनले भने,‘हाम्रो प्रधानमन्त्री मोदीज्यूले यसबारेमा उच्चस्तरीय बैठक बोलाउनुभएको थियो, मैलेपनि भिडियो कन्फेरेन्समार्फत सहभागी हुने मौका पाएको थिएँ।’

रिपोटर्स क्लबमा बोल्दै राजदूत रायले कोशी 'हाइड्याम' र कमला डाईभर्सन प्रोजेक्टसमेत बन्ने विश्वास व्यक्त गरे। उनले भने,‘यो भयो भने नेपालमा सिँचाई हुन्छ भने भारतमा बाढी नियन्त्रण हुन्छ।’ त्यस्तै कोशी 'हाइड्याम' निर्माण भएपछि कोलकता–नेपाल पानीजहाज चल्नेछ।'

उनले नेपाल–भारत सम्बन्ध आर्थिक साझेदारीका साथ अघि बढिसकेको समेत स्पष्ट पार्दै भने,‘आर्थिक साझेदारीका सुरुवातहरु भैसकेका छन्, पञ्चेश्वर महायोजनाको कार्यान्वयन हुँदैछ, यसको डिपीआर अन्तिम चरणमा पुगेको छ, यही वर्षको जुनसम्ममा डिपीआर पास हुन्छ, यो महायोजना लागु हुनेवित्तिकै सुदुरपश्चिममा मात्रै नभएर पूरै नेपालमै विकासको तरँग पैदा हुन्छ, साथसाथै उत्तराखण्डमा समेत विकासको प्रभाव हुन्छ।’ त्यस्तै उनले नेपाल–भारतवीच कनेक्टिभीटीमार्फत सम्बन्ध झनै प्रगाढ बनिरहेको स्पष्ट पारे।

पछिल्ला ३/४ वर्ष यता विकासको लागि धेरै पहलहरु भैरहेको समेत उनले जनाए। राजदुत रायले थपे,‘कनेक्टिभीटी अर्थात सडक सञ्जालका नयाँ परियोजनाहरुका साथै पूरा परियोजनाहरुको निर्माण कार्यहरु भैरहेका छन्।’ ३४ अर्बको लागतमा महाकाली पुल निर्माण हुन गैरहेको बताउँदै रायले भने,‘महाकाली पुल सँगसँगै १५ वटा सडकहरु निर्माण हुँदैछ, यसले विशेषगरि सुदुर पश्चिम र उत्तराखण्डलाई फाइदा पुग्छ।’

राजनीतिक विषयमा बोल्दै रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन्।

शुक्रबार रिपोटर्स क्लबमा बोल्दै भने,‘चुनावमा नेपालका सबै दलहरुको सहभागिताको अनिवार्य आवश्यकता छ, भारत विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हो, भारतले चुनावको कहिल्यैपनि विरोध गर्दैन्, चुनावले नै प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ, त्यसैले नेपालमा हुन लागिरहेको चुनावको विपक्षमा हामी छैनौं तर यो चुनावमा सबैको सहभागिताको सुनिश्चितता हुनुपर्छ।’

चुनावमा पनि भारतको संविधान जारी गर्दाको जस्तै अडान हो कि? भन्ने प्रश्नमा उनले भने,‘जसरी नेपालमा जब संविधान जारी गर्दा सबै दलहरुलाई मिलाएर लैजानुपर्ने सुझाव भारतको थियो, त्यसैगरि चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ।’ 

उनले सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन हाल गरिरहेको पहलकदमी प्रशंसनीय रहेको स्पष्ट पारे।  चुनाव लोकतान्त्रिक अभ्यास भएकोले सबैलाई विश्वासमा र साथमै लिएर अघि बढ्दा सबैको भलो हुने उनको भनाई थियो। उनले भने,‘संविधान संशोधन प्रक्रिया प्रशंसनीय छ, यसबाट निकास निस्किने कुरामा भारत पूर्ण रुपमा आशावादी छ।’

 

 

 

 

 

 

प्रकाशित: १३ फाल्गुन २०७३ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App