१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विपक्षीले मागे सत्ता पक्षको धारणा, के संसदको परिणाम मोर्चाले मान्छ?

बैठक स्थगित भएपछि संसद भवनबाट बाहिरिँदै सांसदहरु। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—विपक्षी ९ दलले संविधान संशोधन प्रस्ताव अघि बढाउँदा आउने परिणामलाई मोर्चाले स्वीकार्ने ग्यारेन्टी नभएसम्म संसद बैठक अगाडि नबढाउन आग्रह गरेका छन्। एमाले सहित ९ दलको अाग्रहपछि बुधबार २ बजेका लागि तोकिएको संसद बैठक स्थगित भएको छ।

'सत्तामा रहेका दुई ठूला दलहरुको के भनाइ छ विपक्षको हैसियतमा हामीले उहाँहरुको भनाइ थाहा पाउन सकेका छैनौं’, उपाध्यक्ष रावलले सञ्चारकर्मीसँग भने, ‘सत्ता पक्षको तर्फबाट के कुरा आउँछ। त्यसपछि हामी अघि बढ्छौं।’

मोर्चा सहित संविधान संशोधनको पक्षमा रहेका दलहरु र सरकारले संसदको परिणामलाई कुन रुपमा लिने भन्ने स्पष्ट नभएसम्म संसद बैठक अघि बढ्न नदिने विपक्षी ९ दलले निर्णय गरेका थिए। विपक्षीको अाग्रहअनुसार संसद बैठक मंगलबारजस्तै सूचना टाँसेर स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार वासुदेब शर्माले बताए।

एमाले उपाध्यक्ष भीम रावलले संविधान संशोधनको परिणामबारे सत्तारुढ दलबाट कुनै प्रतिक्रिया नपाएको बताए।

‘यो विषयमा सत्तामा रहेका दुई ठूला दलहरुको के भनाइ छ विपक्षको हैसियतमा हामीले उहाँहरुको भनाइ थाहा पाउन सकेका छैनौं’, उपाध्यक्ष रावलले सञ्चारकर्मीसँग भने, ‘सत्ता पक्षको तर्फबाट के कुरा आउँछ। त्यसपछि हामी अघि बढ्छौं।’

संसद बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको छ।

अाजै बसेको एमाले संसदीय दल तथा संसदीय विभागको बैठकले संशोधन प्रस्तावविरुद्ध शालीनतापूर्वक उभिने निर्णय गरेको थियो।

मधेसी मोर्चाले संविधान संशोधनलाई चुनाबको सर्त बनाउँदै अाएको छ। नयाँ संविधानप्रति असन्तुष्टि राख्दै अाएको भारतले जस्तै मोर्चाले पनि संविधानमा संशोधन चाहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारको सर्वदलीय बैठकमा संशोधन प्रस्तावलाई अघि बढाउने बताएका थिए।

प्रकाशित: ११ फाल्गुन २०७३ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App