१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पेस्ताेल देखाएर ८ लाख नगद लुटपाट

भक्तपुर– भक्तपुर नगरपालिका–२ लिवालीस्थित एउटा घरमा पेस्तोल देखाएर लुटपाट भएको छ । इँटाभट्टा व्यवसायी राजकुमार लाखेमरुको घरमा लुटेरा समुहले पेस्टोल देखाई लुटपाट गरेको हो।  

निलो मोटरसाइकलमा पाँचजनाको समूहमा आएका उनीहरुले घरको पहिलो तल्लामा पुगेर पेस्टोल देखाई लुटपाट मच्चाएको पीडित राजकुमारले बताए।  

उनका अनुसार लुटेराहरुले दराजभित्रको सुटकेसमा रहेको ७ लाख ६५ हजार ६ सय ६० रुपैयाँं र अर्कै ठाउँमा रहेको १ लाख १० हजार नगद, दुईवटा मोबाइल र इँटाभट्टामा प्रयोग गरिने एउटा वाकीटकी लुटेर लगेका छन्। साँझ करिब सात बजे घरको पहिलो तल्लाको बेडमा पल्टिरहेको बेला पाँंचजनाको समूहमा आएकामध्ये एकजनाले पेस्तोल देखाएर लुटपाट गरेको उनले बताए।

घटनाका बेला घरमा आफू र श्रीमती शान्ति मात्रै रहेको उनले उनले जानकारी दिएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको महानगरी प्रहरी परिसर भक्तपुरकी एसपी किरण रानाले बताइन् ।    

 

प्रकाशित: १० फाल्गुन २०७३ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App