१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यार्थीको मृत्युका कारण बनेपामा तनाव, सात राउण्ड हवाइ फायर

बनेपा- बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ।
आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ।
सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७ वर्षिय कृष्णराम पुर्कोटी (प्रमोद) को रहस्यमय ढङ्गले मृत्यु भएको छ। प्रहरीले उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ भने पीडित आफन्तले विद्यालय व्यवस्थापनले वास्ता नगरेको कारण मृत्यु भएको आरोप लगाएको छ।
मृतकका फुपू सारिका पुर्कोटीले मृतकको शरीर र घाँटीमा नीलडाम भएको जिकिर गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरिन्। जनजीवन सामान्य भएपनि पीडितका आफन्तले अहिले पनि प्रहरी कार्यालय बनेपामा घेराउ गरिरहेका छन्।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले घटनाको विस्तृत अनुसन्धान हुने विश्वास दिलाउँदै मृत्युको कारण शव परीक्षणको प्रतिवेदन आएपछि जानकारी हुने बताए।
विद्यालयको बेवास्ताका कारण उनको मृत्यु भएको भन्दै आक्रोशित भएका पीडितले विद्यालय परिसर छिरेर तोडफोड गरेका थिए । कक्षा १० मा अध्ययनरत विद्यार्थी पुर्कोटी प्रवेशिका परिक्षाको तयारी थिए। प्रहरीले कृष्णरामको कोठामा सुतेका विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। रासस

 

प्रकाशित: ९ फाल्गुन २०७३ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App