जनयुद्ध दिवस र धु्रवीकरण

आइतबार, ०८ फागुन २०७३, १२ : ०२ रामचन्द्र भट्टराई

२०७३ फागुन १ गते सदाझैँ नेकपा माओवादीको जनयुद्ध दिवस माओवादी केन्द्रले कार्यक्रम गरेर, विप्लव माओवादीले पार्टी महाधिवेशन उद्घाटन समारोह गरेर, वैद्य माओवादीले छुट्टै  कार्यक्रम गरेर मनाए। माओवादी पार्टी परित्याग गरेर वैकल्पिक शक्ति बनेको नयाँ शक्ति नेपालले के गर्‍यो, त्यो मिडियामा आएन। जति बेला २०५२ साल फागुन १ गते माओवादी जनयुद्ध शुभारम्भ भएको थियो, त्यतिबेला यी टुक्रा–टुक्रामा विभाजित माओवादी सँगै थिए। डा.बाबुराम भट्टराईको बौद्धिक विशिष्ठता, प्रचण्डको सांगठनिक कौशल र प्रभावकारी नेतृत्व क्षमता, मोहन वैद्यको दार्शनिक र बौद्धिक विशेषता र विप्लवको जोश सक्रियता आदिको समष्टि नै नेकपा माओवादीको अपराजेय शक्ति बनेको थियो।

कुर्सीका लागि आफ्नै वर्गमित्रलाई लात हानेर प्रतिधु्रवीय शक्तिसँग घाँटी जोडी सत्तामा जाने विडम्बना अहिले पनि विद्यमान छ। प्रचण्ड र कांग्रेसको साँठगाँठ यसको ज्वलन्त प्रमाण हो।

राणा शासन फाल्न कांग्रेस नयाँ शक्तिका रूपमा उदय भएजस्तै निर्दलीय पञ्चायती निरञ्कुशतन्त्र फाल्न नेकपा मालेपछि एमाले नयाँ शक्तिका रूपमा उदय भएजस्तै राजतन्त्र  फालेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेकपा माओवादी शक्तिशाली नयाँ शक्तिका रूपमा उदय भएको थियो। र, त्यसले दश वर्ष महान् बलिदानपूर्ण युद्ध गरेर क्रान्तिकारी कीर्तिमान कायम गरेको थियो। त्यस जनयुद्धले सामन्ती अधिनायकवादी राजतन्त्रका जरा खल्बल्याउने काम गरेको थियो। त्यसकै जगमा २०६२–६३ को कांंग्रेस, एमाले माओवादी र मधेसकेन्द्रित दललगायत सबै राजनीतिक दलको संयुक्त जनक्रान्तिले राजतन्त्र ढालेर गणतन्त्र ल्याएको थियो। परिणामस्वरूप २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा चुनावमा नेकपा माओवादी प्रत्यक्षमा १२० सिट जितेर पहिलो राजनीतिक शक्ति बन्यो। २००४ सालमा गठित सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेस ३७ सिटले दोस्रो शक्ति बन्यो। ऐतिहासिक झापा विद्रोहको जगमा खडा भएको नेकपा एमाले ३३ सिटमात्र ल्याएर तेस्रो शक्ति बन्यो। यसरी माओवादी पार्टी एकीकृत हुँदा देशको पहिलो शक्ति बनेको थियो।

जब माओवादी एमाओवादी बन्यो, त्यसपछि पार्टीभित्रका एक जना हस्ती मोहन वैद्यको समूह असन्तुष्ट बन्यो। पार्टीभित्र अन्तरविरोध  अन्तरकलह झांगियो। जनवादी केन्द्रीयताका नाममा मनोगतवाद, एकमनावाद र नोकरशाही केन्द्रीयतावाद हावी हुँदै स्तालिनको शैली र संस्कृति अवलम्बन गर्दै दिन/प्रतिदिन पार्टी विभिन्न रोगले ग्रस्त हुँदै गयो। आज हिजोको त्यो शक्तिशाली माओवादी पार्टी फुटेर चिरैचिरा परेर कमजोर हुँदै गयो र दोस्रो संविधान सभाको चुनावमा २६ सिटमा थचारिन पुग्यो। पार्टी अध्यक्ष प्रचण्डले काठमाडौंबाट शर्मनाक हार खाए। डा.बाबुराम भट्टराई बुटवलमा तेस्रो दर्जामा झरेर हारे। मोहन वैद्य समूह जो फुटेर अलग ड्यास माओवादी बनेको थियो त्यसले चुनाव बहिष्कारमात्र गरेन, एमाओवादीलाई हराउने हर्कत गर्न पुग्यो।

नेपाल कम्युनिस्ट पार्टीको इतिहासका प्रत्येक विद्यार्थीलाई थाहा छ, तेस्रो महाधिवेशनपूर्व एकीकृत नेपाल कम्युनिस्ट पार्टी थियो। त्यसले २०१५ सालको चुनावमा ४ सिट जितेको थियो। जबकि कांग्रेसले १०९ सिटमा ७४ सिट जितेर सरकार बनाएको थियो बिपीको प्रधानमन्त्रित्वमा। ऐतिहासिक दरभंगा प्लेनमपछि रायमाझी राजावादी बनेर पार्टी अलग गरे। पार्टी विभाजनको प्रस्थान बिन्दु त्यही थियो। नेपाली कम्युनिस्ट आन्दोलन रुसी धु्रव र चिनिया धु्रवमा धु्रवीकृत भयो। यो स्वाभाविक थियो। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा भएको दुई लाइनको प्रभाव नेपालमा पनि पर्नु स्वाभाविक थियो। तर जसको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा थियो, तिनमा पनि रणनीतिक लक्ष्य एउटै हुँदाहुँदै पनि कार्यनीतिक प्रश्न खडा गरेर नेतृत्वको महत्वाकांक्षाले टुक्राटुक्रा हुँदै गयो। झापा काण्डपछि नेकपा माले एमाले हुँदै शक्तिशाली बन्दै थियो, त्यो पनि २०५४ सालमा फुटेर माले एमाले बन्यो। अर्कातिर चौम शक्तिशाली हुँदै थियो त्यो पनि फुटेर मोटो र पातलो मशाल बन्यो। मोटो मशाल नेकपा माओवादी भयो। अन्य विभिन्न ससाना मार्क्सवादी ब्राह्मणहरूले अलग–अलग क्रान्तिको खिचडी पकाउँदै गए।

स्पष्ट छ, एकता नै शक्ति हो। एकताबिना लक्ष्यमा पुग्न सकिन्न तर कम्युनिस्टहरु फुट्न जान्दछन्, जुट्न जान्दैनन्। यही कारण आज सदन र सडक दुवैमा वामशक्तिको वर्चस्व छ तर सत्ता प्रतिधु्रवीय शक्तिको हातमा छ। कुर्सीका लागि आफ्नै वर्गमित्रलाई लात हानेर प्रतिधु्रवीय शक्तिसँग घाँटी जोडी सत्तामा जाने विडम्बना अहिले पनि विद्यमान छ। प्रचण्ड र कांग्रेसको साँठगाँठ यसको ज्वलन्त प्रमाण हो। गणतन्त्र रक्षाका लागि गणतन्त्रवादीबीच एकता, राष्ट्र र राष्ट्रियताको संरक्षण सम्बर्द्धनका लागि राष्ट्रभक्त देशभक्तबीच एकता र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति र आर्थिक क्रान्ति र समृद्धिका लागि सिंगो नेपाल र नेपालीको एकताबद्ध सक्रियता आजको आवश्यकता हो।

तर आज ठीक उल्टो भइरहेको छ। संविधान जारी हुँदा एकातिर दीपावली, अर्कातिर ब्ल्याक आउट भयो। त्यो आगो अझै  निभेको छैन। २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र संघीय चुनाव नहुने हो भने संवैधानिक संकट पैदा हुनेवाला छ। त्यसको तिथिमिति तोकिएको छैन। उल्टै संविधान विपरीत संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएर सरकारले आगोमा घीउ थप्ने काम गरेको छ। हजारौं वीर वीरांगनाले रगत बगाएर प्राप्त गरेको गणतन्त्रात्मक उपलब्धि नै गुम्ने खतरा पैदा भएको छ।

यस्तो अवस्थामा जनयुद्ध दिवस मनाउने माओवादीहरुको घैँटामा अझै घाम लागेको छैन र अलग–अलग क्रान्तिको खिचडी पकाउँदैछन्। देशको स्वाधीनता र भौगोलिक अखण्डता रक्षाका लागि नेपाली सबै एकजुट हुनुपर्ने बेलामा जनताका आशा, भरोसा र आस्थाका केन्द्र बनेका माओवादी आफैँ टुक्रा–टुक्रा भएर कमजोर बनेका छन्। निष्ठा, प्रतिबद्धता, सदाचार र क्रान्तिकारी आदर्श स्खलन भएर सिनोझैं गन्हाउन थालेका छन्। कमाउने कुम्ल्याउने धन्दामा लागेर ती हजारौं सहिद, बेपत्ता र घाइते अपांगको सपनामा तुषारापात गर्दैछन्।

चाहे जुनसुकै पार्टीमा आबद्ध होउन्, राम्रा मान्छेले नै हो देश बनाउने। नराम्रा मान्छेले त देश बिगार्छन्, भत्काउँछन्। देश टुक्राउने अधम काम गर्छन्। राम्रा मान्छेका बीच धु्रवीकरण गर्नुपर्छ र नयाँ वैकल्पिक शक्तिका रूपमा अगाडि आउनुपर्छ। त्यसको नेतृत्व युवा पुस्ताले गर्नुपर्छ। पुरानो पुस्ता जड बनेको छ। त्यो रूपान्तरित हुन सक्दैन र थाकेको बूढो गोरुजस्तै भएको छ। एक जमानामा उसले सामाजिक परिवर्तनका लागि योगदान गरेको थियो। राणा शासन फाल्न, पञ्चायती शासन फाल्न र राजतन्त्र फालेर नयाँ जनवादी क्रान्तिको चरणमा देशलाई ल्याउन भूमिका खेलेको थियो। त्यसको स्वागत र सम्मान गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्न नयाँ पुस्ताको नेतृत्वमा आगतलाई अंकमाल गर्दै अगाडि बढ्नुपर्छ। तबमात्रै जनयुद्ध दिवसको सार्थकता, सहिदप्रति सम्मान हुनेछ। तर पुराना पुस्ताको जडताले ट्राफिक जाम गरेको छ। माओले मृत्यु शैयामा घ्यारघ्यार गर्दासम्म पनि अध्यक्ष पद छाडेका थिएनन्। त्यसको परिणाम उनको अवसानपछि प्रतिक्रान्ति भयो। त्यो रोग यहाँका नेतामा पनि छ। त्यो रोग हटाएर अब नयाँ ढंगले राम्रा मान्छेबीच धु्रवीकरण गरेर आजका चुनौती सामना गर्नेखालको नयाँ शक्ति निर्माण गर्नु आवश्यक छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad