१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लु र चौधरीलाई एकल उपाधि

काठमाडौं- चीनका पेङयु लुले शनिबार भारतका मृत्युञ्जय बदोलालाई २–० ले पराजित गर्दै नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस सर्किट– २ अन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्। भारतकी वैदेही चौधरीले आफ्नै देशकी शिवानीस्वरूप इङलेलाई पराजित गर्दै महिला एकलको उपाधि जितेकी छिन्।

सातदोबाटोस्थित लन टेनिस कोर्टमा पेङ युले मृत्युञ्जयलाई ६–३, ७–५ को सोझो सेटमा हराएका थिए। मृत्युञ्जय सर्किट– १ का उपाधि विजेता हुन्। पेङयुले भारतका आर्यन जाभेरीलाई ७–६(५), ६–३ को सेटमा हराउँदै फाइलन पक्का गरेका थिए। मृत्युञ्जयले भारतकै तीर्थ शशांक माचेर्लालाई ५–७, ६–२, ६–४ को सेटमा हराउँदै पेङयुसँगको उपाधि भिडन्त सुनिश्चित गरेका थिए।

एक साताअघि नेपालमै सम्पन्न सर्किट १ को उपाधि जितेकी वैदेहीको उपाधि यात्राले सर्किट २ मा पनि निरन्तरता पायो। वैदेहीले शनिबार आफ्नै देशकी शिवानीस्वरूपमाथि ६–३, ६–१ को सहज विजय हासिल गरिन्।

शुक्रबार बैदेही र शिवानीको जोडीले महिला युगलको उपाधि जितेको थियो। पुरुष युगलमा भने भारत आदित्य ऐयर र पीयूषसुरेन्द्र सलेकरको जोडीले जितेको थियो।

सर्किट– २ मा विभिन्न ११ देशका ५८ पुरुष र ३८ महिला गरी ९६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपालका १८ खेलाडीमध्ये सर्किट– २ मा माहिका राणा, प्रेरणा कोइराला र संरक्षकभूषण वज्राचार्यले पहिलो चरण पार गरेका थिए।

 विजेतालाई आयोजक अखिल नेपाल लनटेनिस संघका चार उपाध्यक्ष केशवराज पाण्डे, विनोद कायस्थ, दिनेश तुलाधर र राजु श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे।

प्रकाशित: ८ फाल्गुन २०७३ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App