१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनमा जुट्न राष्ट्रपतिको आग्रह

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार आवद्यिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्न आग्रह गरेकी छिन्। प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले निर्वाचनमा जुट्न दलहरूलाई आग्रह गरेकी हुन्।

'इतिहासको लामो कालखण्डको विविध आरोह–अवरोहको उचित मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशत भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो,' राष्ट्रपतिको सन्देशमा उल्लेख छ।

पटक–पटकका आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुन नसकेको स्मरण गर्दै राष्ट्रपतिको सन्देशमा लेखिएको छ, 'सबै आन्दोलनमा प्रतिविम्बित जनइच्छा अनुसार नै आज हामी गर्वका साथ संघीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौं।'

प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्न पनि उनले सबैलाई आग्रह गरेकी छिन्।

प्रकाशित: ७ फाल्गुन २०७३ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App