१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करिब ५ लाख रूपैयाँ बराबररकाे तिबन्धित भारतीय औषधि बरामद

रौतहट– भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख रुपैयाँ बराबरको अवैध भारतीय औषधि रौतहटबाट बरामद भएको छ। भारतको घोडासहन बजारबाट खरिद गरी बाराको कचोर्वा हुँदै रौतहट भिœयाइरहेको अवस्थामा दुई वटा मोटरसाइकलबाट उक्त अवैध अवैध औषधि सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ औषधि ओसारपसारमा संलग्न दुई मोटरसाइकल चालक फरार भएको र शंकाका आधारमा प्रहरीले हेर्दा भारतमा बनेको ठूलो परिमाणमा उक्त अवैध औषधि फेला परेको जनाएको छ।

सरकारले नेपालमा बिक्रीका लागि दर्ता नै नगरेको गर्भ तुहाउन प्रयोग हुने तथा मानव शरीरमा हानि पु¥याउने कम्बाइन एन्टिबायोटिक समूहका प्रतिबन्धित औषधि बरामद भएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षा बेस क्याम्प बंकुलले सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयमार्फत उक्त औषधि जिल्ला भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख नवलकिशोर झाले औषधिबारे जानकारी दिँदै उक्त औषधि मानव शरीरलाई अत्यधिक हानि गर्ने किसिमका रहेका बताएपछि सशस्त्र प्रहरीका रौतहट प्रमुख भगवान मल्लले जिल्ला भन्सार कार्यालयलाई बुझाएको बताए ।

प्रतिबन्धित औषधि बरामद भएपछि अवैध औषधिको कारोबार र प्रयोग व्यापक रुपमा भइरहेको पुष्टि भएको नागरिक समाज रौतहटका सचिव विजयकिशोर झाले बताए।

 

 

प्रकाशित: ५ फाल्गुन २०७३ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App