१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मधेसी मोर्चाका नेता एक्लाएक्लै भेट्दै प्रधानमन्त्री, चुनाब मिति घोषणा गर्ने सन्देश

काठमाडौं—फागुन १० अघि चुनाब मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेता फकाउन थालका छन्। उनले बिहीबार सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेर चुनाबी मिति घोषणा गर्नु सरकारको बाध्यता भएको बताए।

'प्रधानमन्त्रीज्यूले चुनाब मिति घोषणा गर्नु सरकारको बाध्यता भन्नुभयो। आन्दोलनको घोषणा गर्नु मोर्चाको बाध्यता भएको मैले प्रस्ट भनेँ', भेटपछि महतोले नागरिकन्युजसँग भने।

प्रधानमन्त्रीले नेता महतोलाई संविधान संशोधन र चुनाब सँगसँगै अघि बढाउने आश्वसन दिएका थिए। महतोले संशोधन नगरी कुनै चुनाब हुन नसक्ने भन्दै मिति घोषणा भएकै दिन आन्दोलनको घोषणा गर्नु बाध्यता भएको बताएका छन्। 'प्रधानमन्त्रीज्यूले चुनाब मिति घोषणा गर्नु सरकारको बाध्यता भन्नुभयो। आन्दोलनको घोषणा गर्नु मोर्चाको बाध्यता भएको मैले प्रस्ट भनेँ', भेटपछि महतोले नागरिकन्युजसँग भने।

प्रधानमन्त्रीले बिहिबार मोर्चाका अन्य नेताहरुलाई एक्लाएक्लै भेट गरी चुनाब मनाउने प्रयास गरेका छन्। उनले आगामी शनिबार संयुक्त रुपमा मोर्चासँग बैठक गर्ने तयारी गरेको बताइएको छ। शनिबारको बैठकपछि मोर्चाले आफ्नो रणनीति तयार गर्ने महतोले जानकारी दिए। 'सरकारको नियत जालझेल गर्ने देखियो। संशोधनमा अगाडि बढाउन सरकारले चाहेको छैन', उनले भने।

भारतले जस्तै संविधानप्रति मधेसी मोर्चाले पनि असन्तुष्टि जनाउँदै अाएको छ। त्यसलाई सम्बोधन गर्न सरकारले सदनमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ। एमाले सहितका दल संशोधनको विरुद्धमा रहँदा सो प्रस्ताव यता न उताको अवस्थामा छ।

प्रकाशित: ५ फाल्गुन २०७३ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App