१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामूहिक बलात्कारको भिडियो खिच्ने सार्वजनिक, ४ जना फरार

कपिलवस्तु—सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ। 

युवतीलाई बलात्कार गरेर भिडियो रेकर्ड गरेको  गरिएको थियो। सो घटनामा छ जना संलग्न भएको भनिए पनि प्रहरीले दुई जनालाई मात्रै पक्राउ गरेको छ।

जबर्जस्ती करणीको आरोपमा पकडी गाविस–४ पिचुर्खीका २० वर्षिय ‘बब्लु’ भन्ने अब्दुल रसिद मुसलमान र सोही ठाउँ निवासी २० वर्षीय राहत हुसेन मुसलमानलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक भोजजङ्ग शाहले बताए। 

उनीहरूमाथि गत माघ २६ गते बिहान १० बजे बाँसखोर गाविसस्थित मर्थी खोला नजिकै एक युवतीलाई बलात्कार गरेर भिडियो रेकर्ड गरेको आरोप छ। सो घटनामा छ जना संलग्न भएको भनिए पनि प्रहरीले दुई जनालाई मात्रै पक्राउ गरेको छ।

सामूहिक बलात्कारमा संलग्न अन्य फरार भएकाको विशेष प्रहरी टोली गठन गरी खोजतलास गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। 

यसैगरी शिवराज नगरपालिकाकी छ वर्षीय बालिकाको बलात्कारपछि हत्याको अभियोग लागेका शिवराज नगरपालिका–१० प्रगतिटोल बस्ने १८ वर्षीय भीमबहादुर कुँवरलाई पनि पक्राउ गरिएको छ। शोभाखर अधिकारीको छोरी छ वर्षीया सीतालाई बलात्कार गरी जुवइखोलामा फालेको आरोपमा पक्राउ परेका कुँवरलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। रासस

प्रकाशित: ५ फाल्गुन २०७३ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App