१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

४३ नेपाली मजुदर ८ महिनादेखि भारतीय जेलमा

बैतडी– भारतको हिमाञ्चल प्रदेशस्थित एक हाइड्रोपावरमा काम गर्ने ४३ जना नेपाली मजदुर आठ महिनादेखी भारतीय जेलमा थुनिएका छन्।  निर्माणधिन जलविद्युत् आयोजनामा कार्यरत नेपालीसहित भारतीय मजदुरलाई आन्दोलन गरेको आरोपमा गएको असार महिनादेखि जेलमा राखिएको हो। जलविद्युत्को ड्याम निर्माणमा संलग्न तीन मजदुरले सरकारी मापदण्डअनुसार सुविधा पाउन आन्दोलन गरेको आरोपमा जेल परेका हुन्।

तलब, भत्ता, बिदा, ओभराटाइम सुविधालगायत माग राख्दै  आन्दोलन गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवाद (सीपीआईएम) को मजदुर संगठन सेन्ट्रल ट्रेड युनियन अफ इन्डिया (सीआईटीयू) को नेतृत्वमा मार्च २०१६ देखि हडताल गरेका थिए। किन्नोर जिल्लाको पटेल इन्जिनियरिङ कम्पनीले निर्माण गर्न लागेको ४ सय ५० मेगावाटको समथङ हाइड्रोपावरमा काम गर्ने ४८ नेपाली मजदुरलाई जेल चलान गरिएको र ती मध्ये ५ जना धरौटी रकम बुझाएर छुटेका छन् । भने अन्य मजदुर अदालतले ताकेको धरौटी तिर्न नसक्दा जेलमा बस्न बाध्य भएका हुन्। उनीहरुलाई उन्ना र बिलासपुर जिल्लाको जेलमा राखिएको उनीहरुका आफन्तले बताएका छन्।

‘६ महिनासम्म काम गर्यौं, सरकारी मापदण्डअनुसार सुविधा मागेर भारतीयसँगै आन्दोलन गर्दा जेल पुगियो,’ उक्त कम्पनीमा मजदुरी गरेर घर फर्केका तल्लादेहीका रतन पुजाराले भने, ‘कुटपिट र झगडा गरेको मुद्दा लगाएर थुने, छुटाउन धरौटी राख्न सक्ने अवस्था भएन।’  

जेलमा बैतडीजिल्लाका ११ जना, कञ्चनपुरका ९ जना कैलालीका ४ जना, नुवाकोटका ३, चितवनका ३ जनासहित १४ जिल्लाका नेपाली रहेका छन् ।

रोल्पाका सुनिलथापा मगर, सोलुखुम्बुका प्रशान्त राईलगायतका ५ नेपाली धरौटीमा छुटेको पुजाराले बताए । नियमित तलबसमेत नदिँदा समस्या भए पनि भारतीय मजदुरसित मिलेर आन्दोलन गर्न बाध्य भएको पुजाराले बताए।
‘४ महिनामा मासिक १० हजारका दरले ज्याला पाउँथ्यौं,’ उनले भने, ‘सरकारी दरअनुसार मासिक २२ हजार तलब पाउनुपर्ने माग थियो,’ उनले भने, ‘कम्पनीले नमान्दा उल्टै मुद्दा लगाएर जेल पुर्यायो ।’

एक डेढ महिनामै छुट्छन् भन्ने  सुनेका आठ महिना बित्दासमेत नछुटदाँ आफन्त चिन्तित बनेका छन्। भारतीय मजदुरहरूले उनीहरूको युनियनमार्फत आन्दोलन गरेका र तिनका साथमा रहेका नेपाली मजदुरहरूलाई पनि बिनाकारण पक्रेर लगी जेलमा बन्द गरेको आरोप आफन्तको छ । नेपाली मजदुर अनपढ र सोझा, राजनीति र युनियनसम्बन्धी क्रियाकलापप्रति अनभिज्ञ भएता पनि झटो आरोपमा परी जेलमा थुनेको पुजाराले बताए।

उक्त निर्माण कम्पनीले आन्दोलन चलेकै बेला बाहिरबाट अन्य मजदुर बोलाएर काम गर्न थाल्दा आन्दोलनमा रहेका र नयाँ कामदारबीच झडप र कुटपिट भएको थियो । नयाँ मजदुरलाई काम गर्न नदिने भन्दै पुरानाले विरोध गरेका थिए । विरोधका बेला कुटपिट र झगडा गरेको आरोपमा आन्दोलनमा संलग्न करिब १ सयभन्दा बढी नेपाली र भारतीय मजदुर पक्राउ परेका थिए । ५ जना नेपाली र केही भारतीय मजदुर धरौटीमा छुटेका छन् ।

अन्य नेपालीले धरौटी राख्ने व्यवस्था नहुँदा जेलमै बस्नु परेको मजदुर संगठनका कुल्लु जिल्ला पूर्वउपाध्यक्ष तथा डिलाशैनीकादानसिंह साउदले बताए । भारतमै आफन्त भएमात्रै धरौटीमा छुटाउन सकिने व्यवस्था छ। मजदुर संगठनले उनीहरूकापक्षमा मुद्दा लड्दै आए पनि रिहाइको एकिन नभएको दानसिंहले बताए।

धरौटीमा छुटाउन सकिने व्यवस्था छ । मजदुर संगठनले उनीहरूका पक्षमा मुद्दा लड्दै आए पनि रिहाइको एकिन नभएको दानसिंहले बताए ।

जेलबाट छुट्ने टुंगो नहुँदा परिवारमा अन्योल छ । उनीहरूले रिहाइको पहल गर्न माग गरेका छन्। मानव अधिकार आयोग, दिल्ली स्थित नेपाली दूतावासलगायतका निकायमा रिहाइको माग गरेको आफन्तले बताए । राम्रो कमाइ हुने आशामा हिमाञ्चल पुगेकाहरू उतै जेल परे पछि घर खर्च चलाउन समस्या भएको छ। ‘घरमा छोराछोरी र महिला मात्रै छन्’ डिलाशैनीकाधनदेव जोशीले भने, ‘कमाउन गएका घरमुली जेल पुग्दा खर्च चलाउन समस्या भएको छ ।’

 

प्रकाशित: ४ फाल्गुन २०७३ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App