१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार निर्वाचनबाट डरायो: पूर्वमन्त्री पोखरेल

भक्तपुर- एमाले नेता तथा पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनबाट भाग्न खोजिरहेको दावी गरेका छन्। रफत सञ्चार क्लव भक्तपुरमा बुधबार आयोजित साक्षात्कारमा नेता पोखरेलले  सरकार संविधान कार्यान्वयनमा भन्दा संविधान संशोधनको अड्को थाप्दै निर्वाचन नगर्न अनेक नाटक मञ्चन गरिरहेको दावी गरे। निर्वाचन नगर्नु भनेको संविधान कार्यान्वयन हुन नदिनु र मुलुकलाई असफल राष्ट्र बनाउने खेलमा सरकार लागेको आरोप उनले लगाए।

 सुशासन कायम नगर्ने, संविधान कार्यान्वयन हुन नदिने र निर्वाचन नगर्ने हो भने सरकारको आयू समाप्त हुने उनको दावी छ। उनले प्रतिपक्षको नाताले एमाले सरकारलाई सहयोग गर्न तयार रहे पनि सरकार निर्वाचन गर्न नचाहिरहेको दावी गरे। उनले आगामी जेठ १५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिए।

 

 

 

 

प्रकाशित: ४ फाल्गुन २०७३ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App