१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्रीद्वारा सुन तस्करी रोक्न नयाँ प्रहरी प्रमुखलाई निर्देशन

गृहमन्त्री निधि। फाइल फोटो

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरी, सशस्त्र प्रहरीका नयाँ प्रमुखहरुलाई गृहमन्त्रालयमा बोलाएर निर्देशन दिएका छन्। अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग सम्झौता नगरी दृढतापूर्बक काम गर्न सुरक्षा उनले निर्देशन दिए।

सुन तस्करी, लागू औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न पनि गृहमन्त्री निधिले नयाँ जिम्मेवारी सम्हालेको नेतृत्वलाई निर्देशन दिएका छन्।

मंगलबार दिउँसो गृहसचिब सहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो निर्देशन दिएका हुन्। हिजोमात्र नयाँ जिम्मेवारीमा पाएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ गृह मन्त्रालय पुगेका थिए। निधिले उनीहरुलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन  निर्देशन दिए।

सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि उनले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। सुन तस्करी, लागू औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न पनि गृहमन्त्री निधिले नयाँ जिम्मेवारी सम्हालेको नेतृत्वलाई निर्देशन दिएका छन्।

यसैबीच, गृहमन्त्री निधिले नागरिकता संशोधन सम्बन्धी बिधेयक र बिपद् व्यबस्थापन सम्बन्धी बिधेयक यथाशीघ्र पेश गर्न गृहसचिब लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्। विगतमा मधेशी मोर्चासँग भएको सहमति अनुसार मुद्दा फिर्ताको प्रक्रिया टुङ्ग्याउन पनि मन्त्री निधिले सचिव रेग्मीलाई निर्देशन दिएका छन्।

प्रकाशित: ३ फाल्गुन २०७३ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App