१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चैत अन्तिम साता घरजग्गा मेला

काठमाडौं- नेपाल जग्गा तथा आवास विकास संघले चैत अन्तिम साता काठमाडौं, भृकुटीमण्डपमा घरजग्गा मेला गर्ने भएको छ। छैटौं घरजग्गा मेला चैत २५ देखि २८ गतेसम्म चल्नेछ। मेलाको उद्देश्य घरजग्गा नीतिमा सरकारलाई घच्घच्याउनु र जनसाधारणलाई घरको प्राविधिक पक्षबारे जानकारी दिनु रहेको संघका अध्यक्ष इच्छाराज तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए।

मेलामा अग्ला घरको प्राविधिक पक्षबारे छलफल गर्न गोष्ठी आयोजना गरिने र कतिपय व्यवसायीले आफ्ना उत्पादन पनि लन्च गर्ने संघ अन्तर्गतको मेला आयोजक समितिका संयोजक विपिन चित्रकारले बताए। मेलामा व्यवस्थित सहरीकरणका विषयमा विचार विमर्श हुने चित्रकारले बताए। विनाशकारी भूकम्पपछि घर र भवनहरुको प्राविधिक पक्षबारे चासो बढेको औंल्याउँदै संयोजक चित्रकाले थपे, 'मेला अन्तर्गतको गोष्ठीमा घरको प्राविधिक पक्षबारे छलफल हुन्छ। मेलाको मूल उद्देश्य भन्नु नै घरको प्राविधिक पक्षबारे जानकारी दिनु रहेको बताए।

'यसपटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपाय सहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराई यस व्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ,' पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ।

मेलाले 'वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा महŒवपूर्ण योगदान पुर्‍याइरहेका व्यवसायी' र यसका उपभोक्तालाई एकै थलोमा भेला गराई व्यवसायीलाई आफ्ना नविनतम उत्पादन उपभोक्तामाझ पुर्‍याउने र उपभोक्तालाई नेपाली रियल इस्टेट व्यवसायको यथार्थ स्थिति, सही छनोट र समुचित मूल्यबारे जानकारी उपलब्ध गराउने संघले जनाएको छ।

मेलामा स्वदेशी तथा विदेशीका गरी एक सय २० भन्दा बढी स्टल रहने संघले जनाएको छ। 'मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी हुनेछन्,' विज्ञप्तिमा उल्लेख गरिएको छ।

मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स, फिटिङ, पेन्ट्स, सवारी साधन, सजावटका सामान र बिमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले पनिआफ्नाउत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन्।

मेलामाविभिन्न संघ, संस्थातथा सरोकारवालानिकायकाप्रतिनिधि सहितको सहभागितामाप्राविधिक सत्र तथाअन्तर्क्रिया कार्यक्रमपनि सञ्चालनहुने बताइएको छ। इच्छुक सहभागीले मेलाअवधिमै आफ्नाउत्पादनतथा सेवा सुरु गर्न चाहेसोको समेत व्यवस्थामिलाउने संघले जनाएको छ।

'यस मेलाबाट एकातर्फ योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेन्ट खरिद–बिक्रीमा संलग्न सरोकारवाला र दर्शकले सुरक्षित एवं व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धामार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेन्ट बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्,' विज्ञप्तिमा भनिएको छ, 'अर्कोतर्फ दर्शक तथा उपभोक्तालाई विशेषज्ञद्वारा सो सम्बन्धी कानुनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने हुनाले यो व्यवसायी र उपभोक्ता दुवैको हित प्रवर्द्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको छ।'

घर घडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री बिक्रेता तथा सेवाप्रदायक संस्थाका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास संघको छ।

'सेवाग्राहीको इच्छा र छनोटको आधारमा समुचित मूल्यमा घरजग्गा उपलब्ध हुने गरी कारोबारलाई सरल, सुलभ तथा व्यवस्थित बनाउन यो मेला निकै उपयोगी हुनेछ,' संघले भनेको छ। यसपटकको मेला एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान संघले गरेको छ।

समारोह व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मीप्रसाद प्रसाईले मेलामा प्राविधिक, कानुनलगायत सत्र राखिएको जानकारी दिए। घरजग्गा क्षेत्रमा थुप्रै कानुनी समस्या रहेको उल्लेख गर्दै उनले कानुनी व्यवधान हटाउने उपायको खोजी पनि मेलाले गर्ने बताए।

प्रकाशित: ३ फाल्गुन २०७३ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App