१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'भारतीय राजदूत रायको योगदानलाई नेपाली जनताले सम्झिरहन्छ'

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल–भारत सम्बन्धलाई सबल र सुदृढ बनाउनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका छन् ।

आफ्नो कार्यकाल पूरा गरी भारत फर्कन तयारी गरिरहनुभएका राजदूत रायलाई महामाना माल्भिया मिसनले यहाँ साेमबार आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उपराष्ट्रपति पुनले राजदूत रायको योगदानलाई नेपाली जनताले सधैँ सम्झिरहने बताउँदै आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई सफलतापूर्वक सम्पन्न गरेर फर्कन लागेका राजदूत रायलाई बधाई ज्ञापन गरे।

माल्भिया मिसनले नेपालमा हिन्दू विश्वविद्यालय स्थापना गर्न सक्रियता देखाएको भन्दै उनले उक्त कार्यमा आफूले सहयोग गर्ने विश्वास व्यक्त गरे।

वातावरण तथा जनसङ्ख्यमन्त्री जयदेव जोशीले सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरेका राजदूत रायले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाेमा बधाई व्यक्त गरे।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले प्रजातन्त्रलाई चिरस्थायी बनाइराख्नका लागि आवधिक निर्वाचन अनिवार्य भएको भन्दै त्यसका लागि सबैको दबाबको आवश्यकता औँल्याए।

राजदूत रायले आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै उहाँले अगामी निर्वाचनमा भारतको सहयोग रहने अपेक्षा गरे।

नेपालका लागि भारतीय राजदूत रायले नेपाल–भारत सम्बन्ध बहुआयामिक एवम् ऐतिहासिक रहेको चर्चा गर्दै घनिष्टतामा कहिलेकाँही तितो अवस्था आए पनि एकअर्काप्रति सफा मनसायले सहयोग आदानप्रदान हुँदै आएको बताए।

आयोजक माल्भिया मिसन नेपालका अध्यक्ष योगाचार्य जिएन सरस्वतीले पाँच वर्षअघि स्थापना गरिएको मिसनले नेपालको काभ्रेस्थित भकुन्डेबँेसीमा स्थापना गर्न लागिएको हिन्दू विश्वविद्यालय स्थापनाका लागि पहल गर्न सबैसँग आग्रह गरे। रासस

प्रकाशित: २ फाल्गुन २०७३ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App