१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राजन र जेम्स विजयी

काठमाडौं- राजन मेमोरियल स्कुलले प्रधान सेनापति अन्तरस्कुल १०औं ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार फराकिलो जित हात पारेको छ। राजनले त्रियोगलाई ४९ रनले पराजित गरेको थियो। सुरुमा ब्याटिङ गर्दै राजनले २० ओभरमा १ सय ३३ रन जोडेको थियो। राजनका लागि विक्रम तामाङले अविजित ३८ रन बनाए। उनले ३१ बलमा ४ चौका प्रहार गरेका थिए। राजनका सुसन कार्कीले पनि ३८ रनको योगदान गरे। उनले ४० बलमा ४ चौका प्रहार गरेका थिए।

उत्कृष्ट बलिङ गर्ने क्रममा त्रियोगका नवीन्द्र कार्कीले ६ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चेका थिए। जबाफमा त्रियोग २० ओभर खेल्दै ८४ रन मात्र जोडन सफल भयो। त्रियोगका लागि हर्सनविक्रम अधिकारीले २० र समीप रेग्मीले १० रन बनाए । राजनका रोजमन अधिकारीले ३ र अनुप नेपालले २ विकेट लिए। प्लेयर अफ द म्याच रोजमनले ४ ओभरमा १० रन खर्चेका थिए।

यसै गरी अर्को खेलमा जेम्सले अरुणिमालाई ७५ रनले पराजित गर्‍यो। विराट आचार्यले ४३ रनको योगदान गरेपछि सुरुआतमा ब्याटिङ गरेको जेम्सले २० ओभरमा १ सय १९ रन बनायो। विराटले ४६ बलमा ५ चौका प्रहार गरेका थिए। जेम्सका लागि स्वरूप श्रेष्ठले २१ रन जोडेका थिए। अरुणिमाका अवेश उपाध्यायले ३, आयुश आचार्य र समर श्रेष्ठले २–२ विकेट लिए।

जबाफमा अरुणिमाले १३.२ ओभरमा अलआउट हुँदा ४४ रन मात्र बनाउन सफल भयो। अरुणिमाका प्रशिस दाहालले ८ रन बनाए।

प्लेयर अफ दी म्याच जेम्सका आशिष भटृराई र सोयम पोखरेलले समान ३ विकेट लिए। गिरीशराज थापाले २ विकेट प्राप्त गरेका थिए।

प्रकाशित: २ फाल्गुन २०७३ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App