१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपाको प्रस्ताव :पाँच विकास क्षेत्र नै संघीय प्रदेश

काठमाडौं- प्रदेश सीमांकनमा विवाद चलिरहेका बेला राप्रपामा संघीय संरचना निर्माण गर्दा पाँच विकास क्षेत्रलाई आधार बनाउनुपर्ने प्रस्ताव आएको छ। शुक्रबार सुरु हुने राप्रपा एकता महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाले तयार पारेको राजनीतिक तथा वैचारिक मस्यौदा प्रतिवदेनमा पाँच विकास क्षेत्रलाई संघीय प्रदेश निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको हो। 'हाल कायम पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्ने प्रस्ताव छ,' सहप्रवक्ता मोहन श्रेष्ठले भने।

राप्रपा संलग्न रहेको वर्तमान सरकारले मधेसमा दुई प्रदेश हुने गरी संसद्मा विधेयक दर्ता गरेको छ। तर राप्रपाले सीमा हेरफेरसहितको चार विषय संशोधनको विरोध गरेको छ।

पार्टी एकीकरण हुनुअघिको थापा अध्यक्ष रहेको राप्रपाले संघीयताको विरोध गरेको थियो भने पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाले तराईमधेसमा दुई प्रदेशको खाका प्रस्तुत गरेको थियो। बैठकमा राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका छन्।

हिन्दु राष्ट्र निर्माण गर्ने विषयमा एक भएका राप्रपामा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा वैचारिक मस्यौदा प्रतिवदेनमा राजासहितको प्रजातन्त्र रहेको छ।

महाधिवेशन उद्घाटनमा शक्ति प्रदर्शन गरिने

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनलाई पार्टीको शक्ति प्रदर्शनका रूपमा उपयोग गर्ने निर्णय गरेको छ। पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ संयोजकत्वको आमसभा व्यवस्थापन समितिको आइतबार राजधानीमा भएको भेलाले एकता महाधिवेशन शक्ति प्रदर्शनका रूपमा उपयोग गर्ने निर्णय गरेको हो।

'महाधिवेशन उद्घाटन सत्रमा एक लाख जनता राजधानी उतार्ने योजना बनाएका छौं,' संयोजक तामाङले भने, 'महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र शक्ति प्रदान गर्नेछ। त्यसको सन्देश उद्घाटनसत्रबाटै दिन्छांै।'

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच मंसिर ६ गते एकीकरण भएको थियो। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुँदैछ। महाधिवेशनमा ३३ सय प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ।

त्यस्तै महाधिवेशन व्यवस्थित र भव्य बनाउन राप्रपाले आर्थिक, मञ्च व्यवस्थापन, आमसभा व्यवस्थापन, आवास, प्रचार केन्›ीय कार्यसम्पादन समिति, केन्द्रीय सचिवालय र महाधिवेशन मूल आयोजक गठन गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ। पार्टी कार्यालयमा धुम्बाराहीमा पार्टीका नेताले मेसिनमा परीक्षण मतदान गरेका छन्।

 

प्रकाशित: २ फाल्गुन २०७३ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App