१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी महाधिवेशन सुरु

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) को आठौं महाधिवेशन सुरु भएको छ। काठमाडौंमा आइतबार माओवादी महासचिव विप्लवले महाधिवेशन उद्घाटन गरे।माओवादीले आइतबार नै २२औं 'जनयुद्ध' दिवस पनि मनाएको छ।

महाधिवेशनको बन्दसत्र भने रोल्पाको लिबाङमा सोमबार सुरु हुनेछ। बन्दसत्रमा सहभागी हुन माओवादीका कार्यकर्ता आइतबार साँझ रोल्पा गएका छन। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै विप्लवले माओवादीले थालेको क्रान्ति अझै जारी रहेको बताए।

माओवादी केन्द्रका  नेताहरूको शरीरमा बालुवाटार र लैनचौरको कीटाणु घुसेको र उनीहरु रोगी भएको आरोप विप्लवले लगाए। आफू भने बालुवाटार र लैनचौरको कीटाणुबाट मुक्त रहेको दाबी उनले गरे। उनले क्रान्तिलाई धोका दिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईप्रति आक्रोश पोखे।

विप्लवले कार्यकर्तालाई आफूले धोका नदिने वचन दिए। महाधिवेशन उद्घाटनअघि माओवादी कार्यकर्ताले काठमाडौंमा र्‍याली निकालेका थिए।

प्रकाशित: २ फाल्गुन २०७३ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App