१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सदस्यताबारे सूचना माग गर्दै पत्रकार महासंघमा निवेदन

काठमाडौं—नेपाल पत्रकार महासंघमा सदस्यताबारेको विवाद बढ्दै गएको बेला आइतबार पत्रकार रामप्रसाद दाहालले सदस्यता वितरणबारेको सूचना माग गरेका छन्।

संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ दफा ३ र दफा ७ (१) अनुसार उनले ‘नेपाल पत्रकार महासंघको नयाँ सदस्यता प्राप्ति र पुराना सदस्यको स्थानान्तरण गर्ने सम्बन्धि महासंघको विधानमा के व्यवस्था छ ?’ भनेर सूचना माग गरेका छन्।

पछिल्लो ६ महिनामा कति जनाले नयाँ सदस्यता प्राप्त गरे र तिनलाई सदस्यता दिने क्रममा विधान बमोजिम अपनाइएका विधि, प्रक्रिया  र सदस्यता प्राप्त गरेकाहरुले पेश गरेका सम्पूर्ण विवरण माग गरिएको छ।

पछिल्लो ६ महिनामा कति जनाले नयाँ सदस्यता प्राप्त गरे र तिनलाई सदस्यता दिने क्रममा विधान बमोजिम अपनाइएका विधि, प्रक्रिया  र सदस्यता प्राप्त गरेकाहरुले पेश गरेका सम्पूर्ण विवरण माग गरिएको छ।

एक शाखा या प्रतिष्ठानबाट अर्को शाखा या प्रतिष्ठानमा पछिल्लो ६ महिनाले के कति जनाले सदस्यता स्थानान्तरण गरे ? स्थानान्तरण माग गरेको मिति खुल्ने निवेदन र स्वीकृत गरिएको मिति खुल्ने विवरणहरु एवं निजहरुले सदस्यता नविकरण गरेको प्रमाण समेत उपलब्ध गराउन पत्रकार दाहालले माग गरेका छन्।

यदि विधान बमोजिम सदस्यता नदिइएको र स्थानान्तरण नभएको पाइए सदस्यता खारेजी र स्थानान्तरण अमान्य हुन्छ या हुँदैन भनेर सूचना मागिएको छ।

पत्रकार दाहालले महासंघको सूचना अधिकार समक्ष यस्तो निवेदन दिएका हुन्।

प्रकाशित: १ फाल्गुन २०७३ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App