१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

भेटमा राजदूत ओगवाले नेपालमा संविधानको कार्यान्वयनमा जापान जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए। वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण भएकाले आफ्नो पार्टीले संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको जानकारी गराए।

राजदूत ओगवाले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमार्फत भूकम्प प्रतिरोधात्मक घरको निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न धादिङमा ९०० जनालाई तालिम दिन लागिएको पनि जानकारी गराए। रासस

प्रकाशित: २३ असार २०७३ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App