१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रंगशालामा भागदौड हुँदा १७ जनाको मृत्यु

लुवान्डा- उत्तरी अंगोलाको एक रंगशालामा शुक्रबार भएको भागदौडमा परि १७ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको जनाइएको छ।

उजी सहरमा अंगोलोको घरेलु लिग अन्तर्गत सान्टा रिटा डी क्यासिया र रिक्रेटिभो डी लिवोलोबिचको खेल दौरान रंगशालामा भागदौड मच्चिएको थियो।

‘घरेलु लिग चलिरहदाँ उक्त रंगशालाको प्रवेशद्धार बन्द थियो। खेलविचमा भएको हाताहातीमा १७ जनाको मृत्यु भएको छ। ५६ जना घाइते भएका छन्। घाइतेको स्थिानीय अस्पतालमा उपचार भैरहेको छ,’ प्रहरी प्रवक्ता ओर्नाडो बेनार्डोले भने। उनले भागदौडमा मारिनेमध्ये केही बालबालिकासमेत रहेको बताए।

पहिलेदेखि प्रहरीले भरिएको रंगशालमा खेल हेर्नका लागि सयौ दर्शक मैदान प्रवेश गर्न खोजेको र सो क्रममा केही दर्शक मैदानमा झरेपछि भागदौड मच्चिएको प्रहरीले जनाएको छ। धेरैको ज्यान जनुमा च्यापिएर र निसास्सिनुलाई कारण मानिएको छ।

यस अघि सन् २००९ मा अविडजानमा आइभोरी कोस्ट र मालावीबीच भएको विश्वकप २०१० को छनोट खेल दौरान भागदौड मच्चिदा १९ जनाको ज्यान गएको थियो। त्यस्तै सन् २००१ मा घानाको अकारा रंगशालामा भएको भागदौडमा परि १ सय २७ जनाको मृत्यु भएको थियो।

यसैबीच अंगोलाका राष्ट्रपति जोसे एड्वार्डो डोस सान्तोसले यस घटनाको छानबिन गर्न निर्देशन दिएका छन्।

प्रकाशित: १ फाल्गुन २०७३ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App