१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विमानस्थलबाट विदेशी मुद्रा बरामद

काठमाडौं- प्रहरीले विभिन्न देशका मुद्रासहित भारतीय मूलका मलेसियालीलाई पक्रेको छ। विमानस्थल प्रहरीले मलेसियन एयरमा काठमाडौंबाट मलेसिया जान लागेका केसमिन्दर हिङे मिलकत सिंहलाई विदेशी मुद्रासहित पक्राउ गरेको हो।

प्रहरीले मलेसियाको राहदानीबाहक सिंहका साथबाट सुटकेसभित्र लुकाई–छिपाई लैजान लागेको अमेरिकी डलर ६ हजार सात सय, पाउन्ड एक हजार नौ सय, सिंगापुर डलर दुई हजार आठ सय, अस्ट्रेलियन डलर पाँच सय, संयुक्त अरब इमिरेट्स दिराम नौ हजार सात सय ५५, भारतीय रुपैयाँ ७३ हजार पाँच सय, मलेसियन रिंगेट ३० हजार चार सय ९० र नेपाली रुपैयाँ ४७ हजार बरामद गरेको हो।

सिंहका विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

 

प्रकाशित: १ फाल्गुन २०७३ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App