१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हिमालयन शेर्पा सेमिफाइनलमा

उदयपुर- घरेलु टोली उदयपुर ११ को चुनौती ४–१ ले समाप्त पार्दै हिमालयन शेर्पा क्लबले शुक्रबार चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

उदयपुर रंगशालामा सुरज हमालले गोल गरेपछि ११औं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिएको थियो। त्यसको ११ मिनेटपछि राजु थापामगरको गोलमार्फत उदयपुरले खेल १–१ को बराबरीमा ल्यायो। तर मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा हिमालयन शेर्पाका हेमन गुरुङको प्रहार उदयपुरका लक्ष्मी पञ्जियारलाई लागेर गोलमा परिणत भएपछि त्यो बराबरी धेरैबेर टिकेन।

पहिलो हाफमा २–१ ले अघि बढेको हिमालयन शेर्पाले अन्तिम समयमा दुई गोल थपेर जित फराकिलो पार्‍यो। ७९औं मिनेटमा अफ्रिकी खेलाडी मौसा कामागाटेले गोल गरे भने समय सकिन ८ मिनेट बाँकी रहँदा विश्वास श्रेष्ठले हिमालयन शेर्पाका लागि चौथो गोल गरे।

विश्वास खेलको म्यान अफ दी म्याच भए। उनले पुरस्कारस्वरुप नगद ५ हजार रुपैयाँ पाए। प्रतियोगितामा शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) र मोरङ११ बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २९ माघ २०७३ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App