१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नबिल बैंकको एटीएम कार्ड २४ घण्टासम्म नचल्ने

कठमाडौं– बैंकिङ सेवा प्रदायक कम्पनी नबिल बैंक लिमिटेडले आइतबार बेलुकादेखि २४ घण्टाका लागि आफ्नो एटीएम तथा पिओएस सेवा अबरुद्ध हुने जनाएको छ।

सेवा परिमार्जनका लागि कार्ड व्यवस्थापन प्रणालीलाई स्तरोन्नति गर्न आइतबार बेलुका ९ बजेदेखि सोमबार बेलुका ९ बजेसम्म(२४ घण्टा) का एटिएममा प्रयोग हुने सम्पूर्ण कार्ड तथा स्वाईप गरेर वस्तु तथा सेवा खरिद गर्न प्रयोग गरिने पिओएस मेसिनहरु पूर्णरुपमा अवरुद्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीले जारी गरेको सम्पूर्ण भिजा, एससीटी, मास्टरकार्डहरु अन्य बैंकहरुको नेटवर्कहरुमा समेत नचल्ने कम्पनीले जनाएको छ।

यस अवधिमा पर्न सक्ने असुविधाका प्रति सचेत रहँदै यसअघि नै कार्डहोल्डर सेवाग्राहीले बैकल्पिक व्यवस्था गर्नुपर्ने देखिएको छ।

प्रकाशित: २८ माघ २०७३ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App