१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फरार अभियुक्त पक्राउ

काठमाडौं- ज्यान मार्ने उद्योगमा अदालतबाट सजाँय तोकिए पनि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोरङ वयरवन गाविस ७ बस्ने जयराज संयोग लिम्बुलाई पक्राउ गरेको हो। उनलाई सर्वोच्च अदालतले ५ बर्ष कैद फैसला गरेको थियो। 

२०५३ माघ ११ गते मोरङ्ग बयरबन गा.बि.स. वडा नं. ७ स्थित सांग्रिला हाईभिजन चलचित्र हलभित्र सिनेमा हेर्दै गरेका शेखर राईलाई जरुरी काम छ भनी हलबाट बाहिर बोलाएर लिम्बु समेतले राईलाई लखेट्दै मरणासन्न अवस्थामा पुर्‍याएका थिए। घाइते राइको कोशी अंचल अस्पताल र वि.पि. मेमोरियल अस्पताल धरानमा उपचार गरीएको थियो।

उक्त सिनेमा हलमा शेखर राईसंग जयराज संजोग लिम्बु समेतको बादबिबाद भई झगडा भएको र सोही रिसिईबीका कारण उनीहरुले आक्रमण गरेको अनुसन्धानमा देखिएको थियो।

प्रकाशित: २८ माघ २०७३ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App