१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दार्चुलमा भूकम्पको धक्का महसुस

दार्चुला- दार्चुलामा बिहान ११ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ। दार्चुला सदरमुकाम खलंगाबाट ७ किलोमिटिर उत्तर पश्चिम हिकिला केन्द्रबिन्दु रहेको ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पको धक्का आउँदा सदरमुकाम खलंगाका घरभित्र रहेका मानिसहरु बाहिर आएका थिए। भूकम्पको धक्काले कुनै क्षति पुर्‍याएको छैन। दार्चुलामा आसपास केन्द्रबिन्दु बनाएर महिनामा २/३ पटक धक्का हान्ने गरेको छ। यसअघि गत साता समेत दार्चुलामा भारतमा केन्द्रबिन्दु भएको ५.७ रेक्टरको भूकम्प गएको थियो।

प्रकाशित: २८ माघ २०७३ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App