१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'सम्झौता कार्यान्वयन हुन्छ, डा. केसीले अब अनशन बस्नुपर्दैन्'

काठमाडौं– शिक्षामन्त्री धनीराम पौडेलले डा. गोविन्द केसी र सरकारबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न सरकार गम्भीर भएर लागिपरिरहेको बताएका छन्।

मन्त्री पौडेलले स्वास्थ्य चिकित्सा तथा शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने माग गर्दै डा. केसीले दशौं पटकसमेत अनशन बसेको स्मरण गर्दै रिपोरर्टर्स क्ल्बमा उनले भने, ‘अब उहाँले फेरि अनशन बस्नुपर्दैन्, सरकार र उहाँका प्रतिनिधिबीच १२ बुँदे सम्झौता भएको छ, सम्झौता कार्यान्वयनको लागि एउटा अनुगमन समितिसमेत बनेको छ।’

उनले अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको बताए । मन्त्री पौडेलले भने, ‘हामीले उहाँहरुको माग सम्बोधन गर्ने तयारी गरिसकेका छौं, तर उहाँहरुले दुई वटा विकल्पमध्ये जे पनि गर्न सक्नुहुन्छ, एउटा आन्तरिक प्रतिष्पर्धा अर्को गोल्डेन ह्याण्ड सेक।’

मन्त्री पौडेलले शिक्षा क्षेत्रलाई सुधारको लागि सरकारले व्यापक पहलकदमी लिइरहेको समेत जिकिर गरे। उनका अनुसार हालै शिक्षा ऐन २०२८ को आँठौं संशोधन आएको छ, त्यसअनुसार अब नियामावली बनाउने तयारी भइरहेको छ।

प्रकाशित: २७ माघ २०७३ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App