१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेसीले जेल सजाय विरुद्ध अपिल गर्न पाउने

मड्रिड– अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सिलोनाका स्टार लियोनल मेसीले आफूलाई सुनाइएको २१ महिने जेल सजाय विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्न सक्ने स्पिेनिस संचारमाध्यमहरुले जनाएका छन्।

बुधबार स्पेनको एक अदालतले मेसीलाई कर छली प्रकरणमा उनको बुबा र्जज मेसीसँगै २१ महिने जेल सजाय सुनाएको थियो। साथै उनलाई अदालतले २ मिलियन र बुबा र्जजलाई डेढ मिलियन जरिवाना सुनाइएको थियो। उनीविरुद्ध बार्सिलोनामा छदाँ सन् २००७ र २००९ को बीचमा ४.६ मिलियन  डलर कर छलेको आरोपमा केही समयदेखि मुद्दा चलिरहेको थियो। मेसीले जेलमा भने बस्नु नपर्ने भएको छ।

स्पेनको कानुन अनुसार अपराधिक घटना बाहेक अन्य घटनामा २ वर्ष भन्दा कम जेल सजाय सुनाइएमा  आरोपी जेलमा बस्नु पर्ने छैन । तर मेसी त्यहाँका अधिकारीहरुमाझ भने  उपस्थित हुनु पर्नेछ। यता उनको क्लब बार्सिलोनाले भने मेसी र उनको परिवारप्रति आफ्नो समर्थन रहेको जनाएको छ ।

 

प्रकाशित: २३ असार २०७३ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App