१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

'चुनाव नभए संविधान असफल हुने खतरा'

लन्डन-  छोराको उपचारका लागि बेलायतको भ्रमणमा आएकी नेपाली काँग्रेसकी सांसद तथा नेतृ आरजु देउवाले नेपालमा छिट्टै चुनाव नभए संविधान असफल हुने खतरा रहेको बताएकी छन्।

सोमबार गैरआवासीय नेपाली संघ यूके (एनआरएनए) द्वारा लण्डनमा आयोजित सम्मान तथा अन्तरकृया कार्यक्रममा बोल्दै देउवाले अहिले नेपालमा संविधानको कार्यान्वयन एउटा मुख्य चुनौती रहेको र त्यसकालागि चुनाव अत्यावश्यक रहेको बताएकी हुन्।

“कैयौं मानिसहरु यो प्रकृयालाई उल्टाउन चाहिरहेका छन्। हामीले ‘पाण्डोराज बक्स’ खोलेका छौ। यसलाई कसरी बन्द गर्ने भन्ने मुख्य चुनौती छ,” उनले भनिन्।

देउवाले राजनीति  भनेको प्रकृया, धैर्य र भोट हो भन्दै समाज परिवर्तन गर्न सत्तामा पुग्न आवश्यक हुने बताइन्। तपाई सत्तामा हुनुभएन भने तपाईंले परिवर्तन ल्याउन सक्नुहुन्न, तर त्यस्तो शक्ति वैध माध्यमबाट प्राप्त गरिनुपर्छ, उनले भनिन्।

“मेरो श्रीमान भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी सभापति बन्न २० वर्ष पर्खनु भयो। त्यसैले राजनीतिमा धैर्य चाहिन्छ,” उनले भनिन्।

कार्यक्रममा बोल्दै बेलायतकालागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेको नेपाली समुदाय समृद्ध, सुसंस्कृत र सुपठित रहेको बताउँदै यहाँको नेपाली समुदायले नेपालबाट लिने भन्दा नेपाललाई बढी दिएको बताए। उनले विश्वभरिका नेपालीहरुले बेलायतमा रहेका नेपाली समुदायबाट सिक्नसक्ने धारणा पनि राखे।

गैरआवासीय नेपाली संघका युरोप संयोजक कुल आचार्यले देशबाहिर बसिरहेका गैरआवासीय नेपालीहरुले नेपालको अरु बढी माया गरिरहेको बताउँदै भूकम्प पछि संघले गोर्खाको लाप्राकमा भूकम्प पीडितहरुकालागि घर बनाइरहेको बताए। विदेशमा सिकेको सीप र पुँजी नेपालमा लगानी गर्ने गैरआवासीय नेपाली संघको उद्देश्य रहेको बताउँदै उनले एक हजार जना गैरआवासीय नेपालीहरुले एक अर्ब रुपियाँको जम्मा गरी एनआरएन इन्भेस्टमेन्ट कम्पनी खडा गरेको बताए। अचार्यले सो कम्पनीले २७ मेगावाटको दोर्दीमा लगानी गर्नुकासाथै वित्तीय क्षेत्रमा पनि शेयरहरु खरीद गरेको जानकारी दिए। “एक पटककको नेपाली सँधैको नेपाली” भन्ने मूलमन्त्रलाई सार्थक पार्न पाइसकेको गैरआवासीय नेपालीहरुले नेपाली नागरिकता छोडनु पर्ने अवस्था नआओस् भन्नेतर्फ नेपाल सरकारले ध्यान दिनुपर्ने बताए।

गैरआवासीय नेपाली संघ आइसिसिका सल्लाहकार विश्वआदर्श पण्डितले सन् २००३ मा स्थापना भएदेखि नै नेपालका लागि नेपाली भन्ने नाराका साथ गैरआवासीय नेपाली संघले काम गरिरहेको भएतापनि अहिले केही राजनीतिक दलहरुले नै गैरआवासीय नेपालीहरुको विरुद्ध बोल्न थाल्नु दुर्भाग्यपूर्ण भएको बताए। उनले एकजना गैरआवासीय नेपाली कानुन व्यवसायीले नेपालमा काम गर्न नदिने भनी फैसला सुनाइएको बताउँदै यस्ता कार्यकलापले आशंकाहरु जन्माएका छन्  भने। विदेशमा हुर्केका दोश्रो पुस्ताका नेपालीहरुसंग प्रशस्त क्षमता र स्रोतसाधनसम्म पहुँच पनि रहेको बताउँदै उनले उनीहरुको नेपालसंग भावनात्मक संबन्ध बनाइराख्नद अत्यन्त आवश्यक रहेको बताए।

कार्यक्रममा एनआरएन युकेका उपाध्यक्ष हिराधन राईले शुभकामना व्यक्त दिएका थियो भने नेपाली जनसम्पर्क समिति युकेका सभापति लोक गुरुङले मन्तव्य समेत मन्तब्य दिए । एनआरएन युकेका प्रवक्ता खुसी लिम्बुले सन्चालन गरेको कार्यक्रमको सभापतित्व एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङले गरेका थिए।

 

 

 

 

प्रकाशित: २६ माघ २०७३ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App