१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज

फाइल तस्बिर

काठमाडौं–  निजी वायुसेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब रुपैयाँ लगानीमा खरिद गरेको जहाज काठमाडौं ल्याएको छ । ७२ सिट क्षमताको यो जहाजलाई कम्पनीले आगामी फागुन १८ बाट नियमित व्यावसायिक उडानमा प्रयोग गर्ने छ ।

नयाँ जहाज सञ्चालनमा आएपछि बुद्ध वर्षको ३ सय ६५ दिन नै उड्ने जोशीले जानकारी दिए । बुद्धसँग रहेका आठथान जहाजको मर्मत अवधि वर्षमा २ सय ४० दिन हुने गर्छ । यसको अर्थ एउटा जहाज एक वर्षमा ३० दिन मर्मतका लागि ‘ह्यांगर’ मा बस्ने गर्छ ।

फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ‘एटिआर७२–५००’ सिरिजको यो जहाज मंगलबार दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज खरिद गर्न बुद्धले गत मंसिर १९ गते एटिआरसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

अहिले ल्याएको जस्तो सिरिजको जहाज बुद्धले हाल तीन थान सञ्चालन गरिरहेको छ । यो चौथो एटिआर७२ जहाज हो । योसहित कम्पनीसँग अब नौ थान जहाज भएका छन् ।  

‘अर्को एकथान एटिआर७२–५०० जहाज ल्याएका छौं,’ बुद्धका बजार निर्देशक रुपेश जोशीले मंगलबार नागरिकन्युजसँग भने, ‘उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेपछि आगामी फागुन १८ बाट नयाँ जहाजलाई उडानमा प्रयोग गर्ने छौं ।’

उनका अनुसार नयाँ बजार विस्तार गर्न वा अन्य वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले जहाज ल्याइएको होइन । विमानस्थलमा विविध कारण हुने गरेको ‘डिले’ र अन्य जहाज मर्मतका कारण यात्रुलाई समस्या नहोस् भन्ने उद्देश्यले जहाज ल्याइएको हो । याे जहाजलार्इ प्राधिकरणले '९एन–एजिएम' कलसाइन दिएकाे छ।

नयाँ जहाज सञ्चालनमा आएपछि बुद्ध वर्षको ३ सय ६५ दिन नै उड्ने जोशीले जानकारी दिए । बुद्धसँग रहेका आठथान जहाजको मर्मत अवधि वर्षमा २ सय ४० दिन हुने गर्छ । यसको अर्थ एउटा जहाज एक वर्षमा ३० दिन मर्मतका लागि ‘ह्यांगर’ मा बस्ने गर्छ ।

‘यही मर्मत अवधिमा यात्रु तोकिएको समयमै आफ्ना गन्तव्य पुग्न सकून् भनेर नयाँ जहाज खरिद गरेका हौं,’ जोशीले भने, ‘नयाँ जहाज आएपछि नौथान जहाज भएका छन् र मर्मत तालिकाअनुसार पालैपालो जहाज मर्मतमा बस्छन् र आठथान जहाज पालैपालो निरन्तर उडान गरिरहन्छन् ।’

बुद्धका अनुसार नयाँ जहाजमा ‘पिडब्लु१२७’ इन्जिन जडान भएको छ । ‘ब्रान्ड न्यु’ खरिद गर्दा २ अर्ब २५ करोड रुपैयाँहाराहारी पर्ने भएका कारण केही वर्ष उडेको जहाज करिब १ अर्ब रुपैयाँमा खरिद गरिएका हो । मुलुकको हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज ल्याएर उडान गर्न नपाइने उल्लेख छ ।  
 

प्रकाशित: २५ माघ २०७३ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App