१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संविधानसभा चुनावमा बाँडेको १ करोड जोड्न अपराधमा लागेको होदाको बयान

दुई भारतीय नागरिकको हत्या अभियोगमा पक्रउ गरी बारा प्रहरीले सार्वजनिक गरेको अपराधीहरु। तस्बिरः उपेन्द्र यादव

बारा– हत्याजस्ता जघन्य आपारधिक गतिविधिमा संलग्न भएको अभियोगमा दुबईबाट पक्राउ परेका प्रशुरामपुर ४ का समसुल होदासहित पाँच जनालाई मंगलबार बारा प्रहरीले सार्वजनिक गरेको छ ।

दोस्रो संविधानसभाको चुनाव र अन्य क्रियाकलापले गर्दा खर्च भएको रकमलाई पूर्ति गर्न होदा आपराधिक क्रियाकलापमा लागेको बयान दिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमा होदा सहति महागढीमाई नगरपालिका १ सेमरा तेगछियाका गिरी बाबा भन्ने बृजकिशोर गिरी, कलैया नगरपालिका १० गंगपुरका मोजाहिर अंसारी, भवानीपुरका आषिश सिंह ,उमेश कुमार कुर्मीलाई सर्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले पुस १० करैयाको जंगलमा बिहारको पुर्वी चम्पार लक्ष्मीपुर पोखरियाका दीपक राम र अरुण कुमार रामको हत्याको बारेमा अनुसन्धान गर्दा यसमा होदासहित पक्राउ परेकाहरुको संलग्ना देखिएको बताएका छन्।

‘हत्याको मुख्य योजनाकार होदा नै रहेको अनुसन्धानबाट खुल्न आएको हो,’  उपरीक्षक उप्रेतीले पत्रकार सम्मेलनमा भने । ‘होदाले पक्राउ परेका आफ्ना सहयोगीहरुलाई परिचालन गरी हत्या गराएको देखिएको छ।’

‘ठुलो क्षति गराउनका लागि पटक–पटक भनिए पनि त्यो काम गर्न आलटाल गर्दै आए पछि आफ्नो गोपनीयता लुकाउन होदाले उनीहरुको हत्या गरेको खुलेको छ।’

होदाले नै दुवै जनाको हत्या गरी त्यसको भिडियो बनाएर पठाउन आदेश दिएपछि हत्या गरिएको दुवै जनाको भिडियोसमेत पक्राउ परेकाहरुले बनाएको बारा प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानको क्रममा शुरुमा मोजाहिर अंसारीलाई पक्राउ परे पछि, यसको मुख्य योजनाकार र त्यसको आदेशमा काम गर्नेहरुलाई पक्राउ गर्न सजिलो भएको उनले बताए।

पक्राउ परेका अभियुक्तहरुलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको बारा प्रहरीले जनाएको छ ।

चुनावमा खर्च भएको रकम पूर्ति गर्न आपराधमा लागेको अभियुक्तको बयान

दोस्रो संविधानसभाको निर्वाचनमा खर्च भएको आफ्नो रकम उठाउन अपराधमा लागेको बयान दिएका छन्।

घटनको मुख्य योजनाकार मानिएका अभियुक्त समसुल होदासहित गिरी बाबा भन्ने बृजकिशोर गिरी, मोजाहिर अंसारी, आषिश सिंह, उमेशकुमार कुर्मीलगायत फरार रहेका अन्यहरु मध्ये अधिकांश पहिलादेखि नै कुनै अपराधिक घटनामा संलग्न नरहे पनि हाल आएर बढी पैसा कमाउने लोभमा आराधिक गतिविधिमा संलग्न भएको अनुसन्धानबाट खुल्न आएको बाराका प्रहरी अधिकारीले  बताएका छन्।

दोस्रो संविधानसभाको चुनाव र अन्य क्रियाकलापले गर्दा खर्च भएको रकमलाई पूर्ति गर्न होदा आपराधिक क्रियाकलापमा लागेको बयान दिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

होदा दोस्रो संविधानसभाको निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय मधेस समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए।

चुवान जित्नको लागि उनले करिब करोड रुपैयाँ बाँडेका थिए । चुनाव जित्न नसक्दा होदालाई आर्थिक अभाव भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

घटनाको अनुसन्धानमा संल्गन जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक अरुणकुमार कुशवाहाले समसुल अपराधिक गतिविधि गराए ठूलो रकम पाइने प्रलोभन आएपछि प्रलोभन आएपछि होदा आपराधि क्रियाकलापमा लागेका बताएका छन्।
चुवान र अन्य क्रियाकलापमा वैदेशिक रोजगारबाट कमाएर जम्मा गरेको रकम सक्किएको र त्यही रकम जोड्न अपराधमा लागेको कुश्वाहाले बयान दिएका छन् ।  

सन् २००१ देखि सन् २०१३ सम्म १२ वर्षसम्म होदाले रोजगारीको सिलसिलामा मलेसियामा बसेको र दोस्रो संविधान सभाको चुनावपछि डेढ वर्ष पहिला पर्यटक भिषामा संयुक्त अरब ईमिरेटसको दुबईमा बस्दै आएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित: २५ माघ २०७३ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App