१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आर्थिक अभावले उपचार हुन नसक्दा मुटु रोगीको मृत्यु

बाजुरा- मुटु रोगबाट पीडित प्रकाश ल्वारको सोमबार मृत्यु भएको छ। २ वर्षदेखि मुटु रोगबाट पीडित तुलवीरे ल्वारका छोरा प्रकाश ल्वारको उपचार हुन नसकी १८ वर्षको उमेरमा मृत्यु भएको आफन्त धनवीरे ल्वारले बताए।

चोयाकोट मावि रजालीमा अध्ययनरत ल्वार गएको वर्षदेखि थला पेका थिए। उनको बडिमालिका नगरपालिका ४ स्थित आफ्नै घरमा मृत्यु भएको हो। एकाएक मुटुमा समस्या देखिएपछि आफन्तले उपचारका लागि भारतको नयाँ दिल्ली सम्म पुर्याएका थिए।

सुरुमा उनको धनगढी र नेपागञ्जमा उपचारका लागिएको थियो। सहकारी संस्थामा ऋण निकालेर उनको उपचार गर्ने प्रयास भएको स्थानीयले बताए। नेपालगञ्ज मेडिकल कलेजले उपचारको लागि ८ लाख खर्च लाग्ने बताएपछि ल्वार परिवार दिल्ली पुगेको थियो।

आठ लाख खर्च गर्नु पर्ने भएपछि परिवारले सहयोगको याचना गरे पनि रकम अभावका कारण उपचार हुन नसक्दा उनको मृत्यु भएको छ।  उपचार हुन नसकी अकालमै मृत्यु भएको उनका दाई धनवीरे ल्वारले बताए। आर्थिक अभावका कारण उपचार हुन नसकेपछि गएको वर्षदेखि ल्वार घरमै थला परेका थिए।

 

प्रकाशित: २५ माघ २०७३ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App