१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएन अमेरिकाकामा चुनाब लाग्यो, तेम्बा शेर्पा अध्यक्ष प्रत्यासी

अध्यक्ष प्रत्यासी तेम्बा शेर्पा।

विजय थापा

वासिङ्टन डिसी- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको केही महिनापछि हुने निर्वाचनका लागि चुनाबी माहोल बन्दै गएको छ। सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गर्ने प्रवृत्ति देखिएको छ। ३ फेब्रूवरी २०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखा अध्यक्षहरुको बैठकले अध्यक्षमा साझा उम्मेदवार खोज्ने घोषणा गरेको छ। 

एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेल योग्यता पुगेका र इच्छा भएकाहरुलाई उपयुक्त पदमा उम्मेदवारी दिन पाउने निर्णय भएको सुनाउँछन्। उनी सो बैठकको संयोजक समेत थिए।

न्यूयोर्क शाखाका अध्यक्ष तेम्बा शेर्पाले अध्यक्षको उम्मेदवार दिने भएका छन्। पूर्ण बानियॉ क्यालिफोर्निया शाखाका अध्यक्षले बरिष्ठ उपाध्यक्ष पदमा प्रत्यासी बन्ने भएका छन्l 

बैठकमा ईश्वरी भट्ट अध्यक्ष न्यूह्यामसर, रेवती  राज अधिकारी अध्यक्ष नर्थ क्यारोलाइना, तेम्बा शेर्पा अध्यक्ष न्यूयोर्क, जगनलाल श्रेष्ठ अध्यक्ष मिचिगन, वासुदेव खनाल अध्यक्ष कोलोराडो, पूर्ण बानियाँ अध्यक्ष क्यालिफोर्निया, उत्तम लामिछाने अध्यक्ष टेक्सास, सुमन वस्ती अध्यक्ष इलिनोइज, दया शाक्य उपाध्यक्ष ओरेगन तथा ओरेगनका सचिव सुनील राज कर्णिकार सहभागी थिएl 

बैठकले बृहत छलफल गर्दै  सबै राज्यहरूमा व्यापक रूपमा सदस्यता अभियान संचालन गर्ने र सकेसम्म आजीवन सदस्य बन्न जनमानसलाई प्रेरित गर्ने निर्णय पनि गरेको छ।

शुक्रबार १७ मार्च २०१७ मा एनआरएन युएसए शाखाको भेला न्यूह्यामसायरमा गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि भेलाको आयोजना एनआरएन न्यूह्यामसायर  अध्यक्ष इश्वरी भट्टलाई दिने निर्णय गरिएको छ। यसैगरी दोस्रो भेला अप्रिलमा ओरेगनमा गर्ने निर्णय भएको छ।

सहभागीहरुले आगामी ग्लोबल अधिवेशनमा हुने निर्वाचनबारे पनि छलफल भएको छ।

बैठकमा उपस्थित शाखा अध्यक्षहरुमा तन, मन, बचन र कर्मले खुलेरै एक ढिक्का भई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै न्यूयोर्क शाखाका अध्यक्ष तेम्बा शेर्पाले अध्यक्षको उम्मेदवार दिने भएका छन्। पूर्ण बानियॉ क्यालिफोर्निया शाखाका अध्यक्षले बरिष्ठ उपाध्यक्ष पदमा प्रत्यासी बन्ने भएका छन्l 

यसै गरी मेरील्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेल उपाध्यक्ष तथा नर्थ क्यारोलिनाका अध्यक्ष  रेवती  राज अधिकारीले सचिवमा उम्मेदवार दिने इच्छा व्यक्त गरेका छन्। 

न्यूह्यामसायर शाखाका अध्यक्ष ईश्वरी भट्ट प्रवक्ता छन् भने सदस्यहरुमा सुमन वस्ती ईलोनोयका अध्यक्ष ,टेक्सासका अध्यक्ष उत्तम लामिछाने सदस्य तथा ओरेगनका उपाध्यक्ष दया शाक्य सदस्य रहेका छन्l 

बैठकमा कनेक्टिकट र जर्जिया शाखाको उपस्थिति भएन। बैठकले गरेका निर्णयमा दुवै शाखाले समर्थन जनाएका छन्।

प्रकाशित: २५ माघ २०७३ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App