१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वृहत लगानीमा नेपाली निजी क्षेत्रकाे क्षमता प्रश्न

काठमाडौं– मुलुकको पर्यटन क्षेत्रमा केही वर्षयता अर्बौं लगानीमा होटल निर्माणका काम भइरहेका छन् । होटल उद्योगमा मात्र पछिल्लो पटक निजी क्षेत्रबाट १ खर्ब रुपैयाँबराबरको लगानी थपिएको छ । यो तथ्यांकले निजी क्षेत्र वृहत लगानीका ठूला परियोजना सञ्चालन गर्न सक्षम देखिएको महसुस भने गराउँछ ।

एक खर्ब लगानी थपिँदा दर्जनौं तारे होटल र रिसोर्ट निर्माण भएका छन् र हुने तयारीमा छन । प्रमुख पर्यटन गन्तव्य राजधानी काठमाडौं, दोस्रो ठूलो गन्तव्य पोखरा र तेस्रो स्थानमा रहेको चितवनदेखि बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर, धरानमात्र नभई धुलिखेल, नगरकोटलगायत ठाउँमा नयाँ होटल सञ्चालनमा आउँदैछन् ।

पछिल्लो पटक थपिएको लगानीको आधाभन्दा बढी हिस्सा काठमाडौं एक्लैले थेगेको छ । राजधानीका ठमेल, नागपोखरी, लाजिम्पाट र नक्सालमा चारतारेदेखि पाँचतारे स्तरका आधा दर्जन होटल निर्माण भइरहेका छन् ।

पछिल्लो पटक थपिएको लगानीको आधाभन्दा बढी हिस्सा काठमाडौं एक्लैले थेगेको छ । राजधानीका ठमेल, नागपोखरी, लाजिम्पाट र नक्सालमा चारतारेदेखि पाँचतारे स्तरका आधा दर्जन होटल निर्माण भइरहेका छन् । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएन नेपाल (हान) का अनुसार यो लगानीबाट पर्यटन उद्योगले आगामी दुई वर्षभित्र थप ३ हजार ५ सय नयाँ कोठा पाउने छ जसबाट ७ हजार बेड तयार हुनेछन् । यो भनेको झन्डै २६ लाख पर्यटकलाई एक वर्ष पुग्ने बेड संख्या हो । त्यसबाहेक हाल उपलब्ध होटल कोठा संख्या ४ हजारहाराहारी अर्थात ८ हजार बेड हो । यति बेडले एक वर्षमा करिब ३० लाख पर्यटकलाई सेवा दिन सकिन्छ ।

छायादेवी कम्प्लेक्स प्रालिले करिब ४ अर्ब रुपैयाँ लगानीमा राजधानीको ठमेलमा निर्माणाधीन छाया सेन्टरमा पाँचतारे होटल ‘अलफ्ट काठमाडौं ठमेल’ सञ्चालन गर्दै छ । निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको उक्त होटल चाँडै सञ्चालनमा आउने लगानीकर्ताले जानकारी दिएका छन् ।

नेपाली पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र हङकङस्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडको ४ करोड अमेरिकी डलर (४ अर्ब रुपैयाँ) लगानीमा भैरहवामा ‘टाइगर प्यालेस रिसोर्ट’ निर्माण भइरहेको छ । यतिमात्र होइन, सिल्भर हेरिटेज र यसका नेपाली साझेदार बजगाईंले झापा मेचीनगरमा ५ अर्ब रुपैयाँ लगानी गरी पाँचतारे होटल खोल्ने तयारी पनि अगाडि बढाएका छन् ।

त्यसैगरी ठमेलमा गैरआवासीय नेपाली शेष घलेको ८ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल सेराटन सञ्चालनमा आउँदै छ । अर्का व्यवसायी शशिकान्त अग्रवालले ७ अर्ब रुपैयाँ लगानी गरी नागपोखरीमा पाँचतारे मेरियट र ठमेलमा चारतारे फेयरफिल्ड मेरियट सञ्चालन गर्दैछन् । आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सका लगानीकर्ता आङछिरिङ शेर्पाको समूहले २ अर्ब रुपैयाँ लगानीमा चारतारे ले शेर्पा, नक्सालमा शंकर ग्रुपको पाँचतारे हिल्टन पनि आउने तयारीमा छन् ।
फोब्र्स पत्रिकामा सूचीकृति डलर अर्बपति विनोद चौधरीको चितवन मेघौलीमा ‘ताज सफारी रिसोर्ट’, यती एयरलाइन्सका आङछिरिङ शेर्पाको कसरामा ‘कसरा जंगल रिसोर्ट’ सञ्चालनमा आएका छन् । त्यस्तै प्रमुख पाँचतारे होटल सोल्टीले नेपालगन्जमा चारतारे होटल चाँडै सञ्चालनमा ल्याउँदै छ । लाजिम्पाटमा एस होटल्स एन्ड रिसोर्ट्स प्रालिको ४० करोड रुपैयाँभन्दा बढीको लगानीमा चारतारे होटल एम्ब्यासडर निर्माण लगभग सकिएको छ ।   

होटल उद्योगमा आशातीत लगानी देखिए पनि विमानस्थल निर्माणमा निजी क्षेत्र आउन सकेको छैन । तर होटलबाहेक ठूला विमानस्थल निर्माणमा भने निजी क्षेत्रले अहिलेसम्म हात हालेको पाइँदैन । हाल भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेका छन् भने हालसम्मकै ठूलो लगानी मानिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा सुरु भएको डेढ दशक नाघिसक्दा पनि काम भने सुरु हुन सकेको छैन ।

होटल उद्योगमा गरिएको लगानी हेर्दा वृहत लगानीमा पूर्वाधार निर्माण तथा विकासको काम गर्न निजी क्षेत्र एक्लैले सक्छ कि सक्दैन भन्ने प्रश्न उब्जिन्छ । तर, लगानीकर्ताकै भनाइमा निजी क्षेत्रसँग त्यति ‘ल्याकत’ बनिसकेको छैन । ‘हो, हामीसँग वृहत लगानी गर्न लागत कम छ,’ नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा भन्छन्, ‘लगानीसँगै दक्ष जनशक्ति उत्पादन गर्ने कलेज, विश्वविद्यालय वा तालिम केन्द्र नहुनु अर्को विडम्बना हो ।’

सामान्य लगानी गर्न पनि धेरै समस्यासँग जुध्नुपर्नेमा निजी क्षेत्र भुक्तभोगी भइसकेको छ । निजी क्षेत्रलाई लगानीमा प्रशासनिक र राजनीतिक झन्झटको सामना कतिविधि गर्नुपर्छ भनेर सोध्यो भने लगानीकर्ताले कण्ठस्थ सुनाइदिन्छन् ।

सामान्य लगानी गर्न पनि धेरै समस्यासँग जुध्नुपर्नेमा निजी क्षेत्र भुक्तभोगी भइसकेको छ । निजी क्षेत्रलाई लगानीमा प्रशासनिक र राजनीतिक झन्झटको सामना कतिविधि गर्नुपर्छ भनेर सोध्यो भने लगानीकर्ताले कण्ठस्थ सुनाइदिन्छन् । ‘उद्योगी वा लगानीकर्ताले सम्मानसाथ काम गर्न पाउने वातावरण नै छैन,’ शर्मा भन्छन्, ‘हामीलाई राजनीतिको ‘तौल’ ले यसरी थिच्यो कि निजी क्षेत्र र उद्योग–कारखाना माथि उठ्नै सकेनन् ।’

बाराको निजगढमा निर्माण गर्ने घोषणा गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि कूल ६ अर्ब ७० करोड अमेरिकी डलर (६ खर्ब ७० अर्ब रुपैयाँ) लगानी गर्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । पहिलो चरणमै ६५ करोड डलर, दोस्रो चरणमा २ अर्ब ५५ करोड डलर र तेस्रो चरणमा ३ अर्ब ५० करोड डलर लगानी गर्नुपर्ने छ ।

विमानस्थल निर्माण गर्न ३२ हजार हेक्टर जग्गा आवश्यक पर्छ । यसका लागि दक्षिण कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडब्लु) ले विस्तृत सम्भाव्यता अध्ययन विगतमै गरेको थियो । दुईवटा धावनमार्ग हुने यो विमानस्थलले वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्नसक्ने छ । यसमा ४५ मिटर चौडाइ र ३ हजार ६ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ जसमा संसारकै धेरै यात्रु बोक्ने ठूलो जहाज ‘ए३८०’ उडान–अवतरण गर्नसक्ने छ ।

धेरै ठूलो परियोजनामा लगानी गर्नु निजी क्षेत्रको ल्याकत बाहिरकै विषय हो । त्यही भएर सरकारले लगानीको ढाँचामा सार्वजनिक–निजी साझेदारी वा निजी लगानी भनेको छ ।

सन् २०४५ भित्र ७० हजारलाई रोजगारी दिने र मुलुकको अर्थतन्त्रमा वार्षिक २ अर्ब डलरबराबरको योगदान दिने अनुमान गरिएको छ । यति ठूलो परियोजनामा लगानी गर्नु निजी क्षेत्रको ल्याकत बाहिरकै विषय हो । त्यही भएर सरकारले लगानीको ढाँचामा सार्वजनिक–निजी साझेदारी वा निजी लगानी भनेको छ । ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न अन्तर्राष्ट्रिय दाता वा ठूला लगानीकर्ता नसमाती असम्भव छ,’ अर्का एक लगानीकर्ता भन्छन्, ‘ठूला विदेशी लगानीकर्तासँग हामी मिसिएर अलिअलि लगानी चाहिँ गर्न सक्छौं । त्यसभन्दा माथि हामी केही गर्न सक्दैनौं ।’
 

 

प्रकाशित: २४ माघ २०७३ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App