१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको प्राथमिकता संविधान संशोधन : निधि

गृहमन्त्री निधि। फाइल फोटो

गौशाला—उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन्। 

संविधान संशोधन नै सरकारको पहिलो प्राथमिकता रहेको मन्त्री निधिले बताए।

महोत्तरीको सदरमुकाम जलेश्वरमा पत्रकारसँगको भेटघाटको क्रममा गृहमन्त्री निधिले संविधान संशोधनपछि मात्रै चुनाव सम्भव रहेकाले संविधान संशोधन नै हाम्रो पहिलो प्राथमिकता रहेको बताए। 

उनले संविधान संशोधनपछि एकसाथ देशका सबै जनता र पार्टीलाई चुनावमा सहभागी हुने बाटो प्रशस्त गर्ने साथै आन्दोलनरत मधेसी मोर्चालगायतको मागसमेत सम्बोधन हुने भएकाले संविधान संशोधनपछि मात्रै चुनाव हुने ठोकुवा गरे।

गृहमन्त्री निधिले सरकार निर्वाचनको तयारीलाई पनि तीव्रता दिएको र आन्दोलनरत पक्षसहित विपक्षसँग पनि सहमतिको कुराकानी एकसाथ अघि बढाएकाले सहमति हुनेबित्तिकै चुनावको मिति पनि तोकिएर देश चुनावमा जाने निश्चित रहेको प्रस्ट्याए। रासस

प्रकाशित: २४ माघ २०७३ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App