१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ओभरटेक गर्न खोज्दा माइक्रोबस ट्रकसँग ठोक्कियो, १२ घाइते

दुर्घटनाग्रस्त माइक्रो। तस्बिर: प्रबिन कोइराला

धादिङ- पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नौविसे गाविस वडा नं. १ धार्केमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

तीव्र गतिमा गुडेको माइक्रोबसले ट्रकलाई ओभरटेग गर्न खोज्दा सोही ट्रकसँग ठोक्किएको हो । घाइते हुनेमा सबै माइक्रोबसमा सबार यात्रु छन्।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ख ३७१४ नम्बरको माइक्रोबसले ना ५ ख २९२० नम्बरको ट्रकलाई ओभरटेक गर्न खोज्दा आपसमा ठोक्किएको ट्राफिक प्रहरी कार्यालय खानीखोलाका सई रामचन्द्र घिमिरेले बताए।

अहिले धार्के क्षेत्रको राजमार्ग अवरुद्ध बनेको छ । घाइते मध्ये ६ जनाको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जनालाई उपचारको लागि काठमाडौं तर्फ ल्याइएको छ।

 

प्रकाशित: २३ माघ २०७३ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App