१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'अनुवादले फरक संस्कृति बुझ्न मदत गर्छ'

हेटौंडा- नेपाल प्रज्ञा प्रतिष्ठान र आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा साहित्य र संस्कृति सम्बन्धी अन्तरविषयक चिन्तन तथा साहित्यको पठन प्रवर्दनमा अनुवादको महत्व विषयक विचार गोष्ठी भएको छ।

                हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा दुई वटा कार्यपत्र प्रस्तुत भएका थिए। साहित्यको पठ्न प्रवद्र्धनमा अनुवादको महत्वको बारेमा त्रिभुवन विश्व विद्यालका उपप्राध्यापक बलराम अधिकारी र साहित्य र संस्कृति सम्बन्धी मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक तथा साहित्यकार निमेष निखिलले कार्यपत्र प्रस्तुत गरेका थिए। अनुवाद साहित्यले पक्कै पनि पठन संस्कृतिको विकास गर्ने त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवम् अनुवादक बलराम अधिकारी बताउँछन्। जिज्ञासु पाठकका लागि अनुवाद निकै आवश्यक भएको उनको भनाई छ। साहित्यको पठन प्रवद्र्धनमा अनुवादको महत्वको विषयमा बोल्दै उनले अनुवादले एउटा समाजको विषय अर्को छुट्टै समाजमा पहिचान दिलाउँने बताए।

साहित्य र संस्कृति सम्बन्धी अन्तर विषयक चिन्तन् विषयमा धारणा व्यक्त गर्दै साहित्यकार एवम् मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक निमेष निखिलले यी दुवै पक्ष एकै सिक्काका दुई पाटा रहेको टिप्पणी गरे। ‘संस्कृतिका घटकलाई साहित्यले प्रस्तुत गर्नु पर्छ’ निखिलले भने, ‘संस्कृतिले साहित्यलाई आत्मसाथ गर्दै संरक्षकत्व प्रदान गर्छ।’

                आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृति विभाग प्रमुख डा.विष्णुविभु घिमिरे रहेका थिए। कार्यक्रममा कार्यपत्र माथि सामूहिक छलफल समेत भएको थियो ।

                कार्यक्रमको दोस्रो सत्रमा रचना वाचन गरिएको थियो। आँचलकी संस्थापक अध्यक्ष मुना अर्यालयको अध्यक्षतामा भएको दोस्रो सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, नेपाल प्रज्ञा प्रतिष्ठानका समालोचना तथा निवन्ध विभाग प्रमुख प्रा.डा. ज्ञानु पाण्डे, साहित्य संगम मकवानपुरका अध्यक्ष सुवास खनालगायतले मन्तव्य व्यक्त गरेका थिए।

                 

 

प्रकाशित: २३ माघ २०७३ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App