१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फर्निचर उद्योगमा आगलागी, डेढ करोडको क्षति

धादिङ- धादिङको नौविसे गाविस वडा नं १ चालिसेबजारको फर्निचर उद्योगमा गयराती आगलागी भएको छ।

                रातीको समयमा विद्युत सर्ट भएर जनसेवा सहमिल नामको फर्निचर उद्योगमा आगलागी भएको हो। आगोले समिलमा रहेको प्लाईउर्ड,तयारी फर्निचर र मेसिनहरु जलेर नष्ट भएको छ।

                फर्निचरमा सल्किएको आगोले संगै रहेको टायल पसल पनि जलेर पूर्ण रुपले नष्ट भएको छ। फर्निचर उद्योग र टायल पसलको गरी अन्दाजी डेढ करोडको क्षति भएको फर्निचर संचालक रामकृष्ण आचार्यले बताए।

                राती १२ बजेबाट सुरु भएको आयो विहान चार बजे मात्र नियन्त्रणमा आएको थियो। जिल्लामा रहेको एक दमकल र काठमाण्डौबाट आइपुगेको दमकलले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले बताए।

                दुई वटा दमकल, जनपथ प्रहरी, शसस्त्र प्रहरीको टोली, स्थानिय बासिन्दाले चारघण्टापछि आगो नियन्त्रणका थिए । सुकेको काठ र प्लाइउर्डको गोदाममा नै आगो सल्किएकाले नियन्त्रणमा कठिन भएको हो। आगोले उद्योग नजिकै रहेको विद्युत पोलमा समेत क्षति पुगेको छ । अहिले त्यहाँको विद्युत अवरुद्ध बनेको छ।

               

प्रकाशित: २३ माघ २०७३ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App