रेलमार्ग निर्माणका क्रममा मोरङमा करेन्ट लागेर दुईको मृत्यु

आइतबार, २३ माघ २०७३, १२ : ४८ नागरिक

उर्लाबारी (मोरङ)—बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ। 

रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो। 

विराटनगर–४ का सिन्टु कोइरालाले चलाएको क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा चार मजदुर घाइते भएका थिए। घाइतेमध्ये मण्डल र सरदारको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको हो। घाइते छिटाहा–९ का ३२ वर्षीय रामु मण्डल र २४ वर्षीय काशी ठाकुरको कोसी अञ्चल अस्पतालमै उपचार भइरहेको छ। 

क्रेन र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जिप्रकाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए। रासस





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad