१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निःशुल्क भिसा/टिकट कार्यान्वयन गर्न खोज्दा धम्की आयोः मन्त्री गुरुङ

श्रममन्त्री गुरुङ। फाइल फोटो

चितवन—श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नसकेको स्वीकारेका छन्।

कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको उनले बताए।

चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसलाई कार्यान्वयन गर्न नदिन गिरोह सक्रिय रहेको बताए। कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको पनि उनको भनाइ थियो। कसले धम्की  दिएको हो भनेर उनले खुलाएनन्। धम्की दिनेविरुद्ध मन्त्रालयले के कारवाही अघि बढायो भन्नेबारे पनि मन्त्री गुरुङ मौन रहे।

रोजगारीका सिलसिलामा विदेसिनेहरूसँग दुईवटा सम्झौता गरी ठग्ने गरेको पाइएको भन्दै उनले यसलाई नियन्त्रण गर्न अनलाइनबाट फाराम भर्ने कामको थालनी गरिएको जानकारी दिए। 

मन्त्रालयले श्रम बजारको खोजी गरिरहेको भन्दै मन्त्री गुरुङले उपयुक्त श्रम बजारको खोजी गरी सुरक्षित रोजगार दिलाउन आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

प्रकाशित: २३ माघ २०७३ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App